2021-02-28Sunday अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो – Online Khabar – Hamro Nepal

अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकियो – Online Khabar


२८ असार, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुल पछिल्लो खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ । घरेलु मैदान एनफिल्डमा शनिवार भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले बराबरी खेलेको छ ।

सन् २०१९ जनवरीयता लिभरपुलले घरेलु मैदानमा अंक गुमाएको यो पहिलो पटक हो ।

खेलको ३४औं मिनेटमा एन्ड्रु रोवर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा जे रोड्रिगेजले बर्नलीका लागि बराबरी गोल फर्काए ।

बर्नलीका गोलकिपर निक पोपले उत्कृष्ट प्रदर्शन गर्दा लिभरपुल थप गोल गर्न असफल भएको थियो ।

बराबरीपछि ३५ खेलबाट च्याम्पियन लिभरपुलले ९३ अंक जोडेको छ । समान खेलबाट ५० अंक जोडेको बर्नली नवौं स्थानमा उक्लेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>