2021-03-07Sunday अनसन तोडाउन दुई युवासँग १२ बुँदे सहमति – Online Khabar – Hamro Nepal

अनसन तोडाउन दुई युवासँग १२ बुँदे सहमति – Online Khabar


२३ असार, काठमाडौं । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ । सहमतिसँगै उनीहरुले मंगलबार विहानबाट अनसन तोड्दैछन् ।

सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ ।

आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने लगायतका सहमति मन्त्रालय र अनसनकारीबीच भएको छ ।

यसैगरी विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएको छ ।

सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै दुई युवाहरु पाटनको डबलीमा अनसन बसेका थिए । उनीहरुको स्वास्थ्य विग्रिँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए । बिभिन्न राजनीतिक दलका नेताहरुले पनि भेटेर उनीहरुका मागमा ऐक्यबद्धता जनाएका थिए ।

हेर्नुहोस् सहमति पत्र





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>