Share on Your Social Media
खोजखबर
गोरखा असार २२ गते ।
लगातार परेको अबिरल वर्षापछि आएको पहिरोले सडक अबरु भएको छ ।
गोरखाको लुँइटेल भञ्जाङ भच्चेक सडकको हर्मी थुम्कि सडक खण्डको तार्केडाँडा नजिकै चिउरीबोटमा पहिरो जाँदा सडक अबरुद्ध भएको स्थानीय कैशाल पोखरेलले जानकारी दिए ।
‘रुखै सहित ठूलो डाँडो खसर सडक सबै पुरेको छ,’ उनले भने, ‘जेसिभि नलगाई हटाउन सकिने अबस्था छैन ।’ सडक अबरुद्ध भएपछि अहिले सवारी आवातजावत ठप्प भएको छ ।

गत वर्ष पनि यहीँ समय सोही ठाउँ नजिकै ठूलो पहिरो गएको थियो । भुकम्प सहायता आयोजना मार्फत निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएसँगै विभिन्न ठाउँमा पहिरो जाने भासिने समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।
तस्बिर सौजन्य ः कैलाश पोखरेल ।