2021-03-09Tuesday अबुवा क्षेत्र बन्यो दिनभर रणभूमी, ७ सेल अश्रुग्याँस प्रहार, १२ घण्टा पछि मृत्तकको अन्त्यष्टि – खोजखबर – Hamro Nepal

अबुवा क्षेत्र बन्यो दिनभर रणभूमी, ७ सेल अश्रुग्याँस प्रहार, १२ घण्टा पछि मृत्तकको अन्त्यष्टि – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार २० गते ।
गोरखा अस्पतालको आइसोलेशनमा मृत्यु भएका कोरोना संक्रमितको १२ घण्टा पछि अन्त्येष्टि भएको छ । शनिवार बिहान ५ बजे मृत्यु भएका पालुङटार निबासी ४४ वर्षीय पूरुषको साँझ ५ः३० बजे अन्त्येष्टि गरिएको हो ।

गोरखा नगरपालिका १२, १३ र शहिद लखन गाउँपालिका १ को संगम स्थल लुदी र दरौंदी खोलाको दोभान शव गाड्न नदिने स्थानीयको अडानका कारण दिनभर त्यहाँ अबरोध सिर्जना भयो । जिल्ला सुरक्षा समितिको निर्णय पूर्वाग्रही भएको भन्दै आफ्नो ठाउँमा शव व्यवस्थापन गर्न नदिने सो क्षेत्र स्थानीय बताएका थिए ।

दुइ पक्ष समझदारी बन्न नसकेपछि प्रहरीले बल समेत प्रयोग गरेको थियो । सो क्रममा ७ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । सो क्रममा स्थानीयले ढुङ्गामुढा गर्न केही प्रहरी जवान घाइते भएका छन् ।

दिनभरको तनावपछि भिड साम्य बनाएर साँझ ५ बजे मात्रै शव जिल्ला अस्पतालबाट लुदी र दरौदी दोभानमा पु¥याइएको थियो । कडा सुरक्षाका वीच नेपाली सेनाको विशेष टोलीले अस्पतालबाट शव अन्त्यष्टि स्थल पु¥याएको थियो । १० फिट गहिरो खाल्डो खनेर सुरक्षित पूर्वक शव गाडिएको बताइएको छ । सो अबसरमा नेपाली सेना सलामी समेत अर्पण गरेको थियो । शुक्रबार राती १० बजे जिल्ला अस्पतालको आइसोलसनमा भर्ना गरिएका सो ब्यक्तिको शनिबार बिहान ५ बजे मृत्यु भएको थियो । तर करिब १२ घण्टापछि उनको अन्त्यष्टी गरिएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>