
बझाङमा काेरोना संक्रमित युवकले गरे आत्महत्या – Online Khabar
१९ असार, कैलाली । बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए ।
‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए । असार १३ गतेमात्रै होम क्वारेन्टिनमा बस्ने गरी उनी घर गएका थिए,’ अध्यक्ष रोकायाले भने, ‘गोठाला गएका स्थानीयले शुक्रबार उनी झुण्डिएको अवस्थामा घरदेखि करिब आधा घण्टाको दुरीको जंगलमा देखेका रहेछन् ।’
अध्यक्ष रोकायाका अनुसार असार १ गते उनको आरडीटी टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि असार ८ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
क्वारेन्टिनमा एक्लै भएका कारण उनका आफन्तले घरमै सुरक्षित राख्ने सहमित अनुसार रिपोर्ट नआउँदै उनी असार १३ गते घर गएको अध्यक्ष रोकायाको भनाइ छ ।
संक्रमित युवक केही दिनदेखि घरमै रहेको हुँदा उनको परिवारका अन्य सदस्यहरूको पनि पीसीआर परीक्षण गरिने उनले बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More