Share on Your Social Media
खोजखबर
गोरखा, असार १७ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले सिरानचोक गाउँपालिकामा स्थानीय तह दल गठन गरेको छ । वडा नम्बर ८ का अध्यक्ष झटकप्रसाद दवाडीलाई दलको नेता चयन गरिएको छ ।
उपनेतामा बिमला गुरुङ, प्रमुख सचेतकमा राजेन्द्र ढकाल, सचेतकमा गंगा सुनार चयन भएका छन् । यसैगरी बिरबहादुर थापा मगर, प्रसाद तमाङ, लक्ष्मी उपरकोटी, मिना गुरुङ, कुमार गुरुङ, चन्द्रकुमारी श्रेष्ठ, लिला नेपाली, गोलबहादुर बराम सदस्यलाई बनाइएको छ ।
दलका नेता दवाडीको अध्यक्षता तथा नेकपाका जिल्ला सचिव प्रेम गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य नवराज पुडासैनी, सिरानचोक गाउँपालिका अध्यक्ष देवराज श्रेष्ठ, सचिव शित्तल पोखरेल लगायतले मन्तव्य राखेका थिए ।