
उद्योग मन्त्रालय माताहतको दुई कम्पनी र एक समितिमा रोजगारीको अवसर – Online Khabar
१७ असार, काठमाडौं । उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय मातहतको तीन वटा संस्थान तथा कार्यलयहरुले जनशक्ति माग गरेको छ ।
बुधबार छुट्टा छुट्टै सूचना प्रकाशित गर्दै मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी र इन्टरमोडल यातायात विकास समितिले जनशक्ति माग गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यकरी प्रमुख, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रबन्धक र इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक माग गरिएको मन्त्रालयले जनाएको छ ।
तीनै वटा पदकालागि कम्तीमा स्नातकोत्तर तहको परिक्षा पास गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । यस्तै सम्बन्धित विषयमा लामो अनुभव हाशिल गरेको हुनु पर्ने विज्ञपनमा जनाइएको छ ।
सूचना प्रकाशित मितिले २१ दिन भित्र योग्य उम्मेदवारले आवेदन दिइसक्नु पर्ने जनाइएको र आवेदन शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More