2021-03-06Saturday आत्मप्रेम – खोजखबर | Khojkhabar – Hamro Nepal

आत्मप्रेम – खोजखबर | Khojkhabar


Share on Your Social Media

प्रान्जली पाठक
प्रेम, माया, लभ, इश्क, बडो अचम्मका छन् यी शब्द ! देख्न पनि नपाइने रे, हेर्न पनि नपाइने रे ? केबल महसुस गर्नपर्ने एउटा भावना । ब्रह्माण्ड स्थापना भएदेखि कति मायापिरतीका कुरा भए, जसले प्रेम महत्ववपूर्ण छ भन्ने कुरा जनाउछ ।

एउटा प्रियतमले, आफ्ना भावनाहरु माया मिसाएर व्यक्त गरिदिदाँ भुतुक्कै हुन्छे प्रीयसी । आफ्नो मालिकलाई केही समय देख्न नपाउदा कति व्याकुल हुने गर्द्छ, एउटा कुकुर । पशुपन्छीको माया कति निस्वार्थ हुदछ । कहिलेकाहीँ त लाग्छ , के हामी साच्चै यिनिहरुको प्रेमका लायक छौ र ?

म त्यो माया कहाँ छुट्टाउन सक्छु र जसको भरमा यो ससांर अढेको छ । आमाको ममता, जुनचाहिँ बच्चा गर्भमा भएदेखी सुरु हुने गर्दछ । केहीपनि अस्तित्व नभएको एउटा भ्रुणलाई एउटी आमाले ९ महिनासम्म आफ्नो गर्भमा स्याहार्छिन् । ती कठोर ९ महिना जुन सुन्दा मात्र सानो लाग्दछ, समय आएपछि बच्चाको रुपमा यो धर्तीमा ल्याउछिन्।
त्यसपछि जिन्दगीभरको लालनपोषण त छदै छ ! कस्तो कहिले पनि नरित्तिने खालको माया, एउटा विशाल छहारी नै हो आमा भन्नू त । यस्तै गरि मायाका धेरै प्रकार छन्, यो जगतमा । भाइबहिनीहरूको ठट्यौली माया, बुढा बुढीको माया, प्रकृतिप्रतिको माया,भन्दै जाने हो भने कति हो कति ।

प्रेमको एउटा सर्वोत्तम रुप हो आत्मप्रेम, आफूलाई गरिने माया ।
अब भन्नुहोला कस्तो आत्मप्रेम ? के का लागि र किन ? सर्वप्रथम मानिसले आफूलाई माया गरे मात्र जिवनको गोरेटोमा शिर उठाएर हिंड्न् सक्दछ । अब तपाई हामीलाई नै उदाहरणका रुपमा हेरौं न । हामी मानिस आफूलाई प्रेम गर्छौ, त्यसैले त भोलिका निम्ति केही सोच्छौ, केही साँच्छौ, केही न केहि हासिल गर्न तर्फ लाग्छौ, र जे कुराले हामीलाई आनन्दित महसुस गराउँछ त्यसका निम्ति भाग्छौ ।
घरव्यवहार, बिहेबारी, नातागोता, इष्टमित्र, सामाजिक चालचलन, रीतिरिबाज, परम्परा , धर्म र संस्कृति के यो सब एउटा आत्मप्रेमको रुप हैन र ?
आत्मप्रेमको विषयमा के भन्छ त विज्ञान ?
आफूलाई प्रेम गर्नु भनेको स्वार्थिपना नभई उद्दार्ता हो । आफुलाई नै प्रेम नगरे, आत्मबल कमजोर हुँदै जान्छ र जिन्दगीमा सफल हुन गा¥हो पर्दछ ।
विभिन्न अनुसन्धानका अनुसार, विं.सं. २००० साल भन्दा आजकल, हामी मानिस अरुका बारेमा धेरै कम सोच्छौ । यो कुरालाई एक हिसाबले सोच्ने हो भने त गज्जब पनि होला ! अरुका बारेमा चासो राखेर कसलाई चाहिँ फाइदा भएको होला र ?
तर अर्को दृष्टिकोणबाट हेर्ने हो भने, जब मान्छे आफूमा पुण्य हुन्छ तब मात्र उसले आफ्नालाई साथ दिन सक्दछ, अरुका लागि उभिदिन सक्दछ र जिवनमा आइपर्ने कष्ट पनि बेहोर्न सक्दछ ।

आफैमा तृप्त कसरी हुने त ? एउटा यस्तो तृप्तता कि आफू नजिक भएका मान्छेहरुलाई भन्न करै लागोस् ‘वाह् यार, क्या चमक छ तिमीमा !’
पुण्यता प्राप्तिको एउटै मार्ग आत्मप्रेम हो ! त्यसैले आफूलाई माया गरौँ, आफ्नो ख्याल राखौं, आफूसङ्ग पनि सक्दो समय बिताऔँ । तर ताजूब लाग्दो कुरा के छ भने प्राय जसो सबै कुराको निष्कर्ष योग, ध्यान र साधनामै आएर टुङिने गर्द्छ । ध्यानको मतलब आँखा चिम्लेर बस्नु मात्र हैन, ध्यानको मतलब आफूले के गर्दै छु त, त्यसमा आफ्नो सय प्रतिशत दिनु पनि हो ।
अब तपाईहरु मध्ये जो कोहिको पनि मनमा उठ्न सक्छ यो कुरा, ‘ए फुच्ची, तिमिले हामीलाई आफ्नो माया गर्न सिकाउनुपर्छ र ? आफ्नो ख्याल त राख्छौं कि राख्दैनौ ? कुरै बढी !’ हो म मान्छु, म अलि बकम्फुसे त छु तर आफूप्रती धेरै कठोर हुन जरुरी छैन।
अन्त्यमा दुई संस्कृत मन्त्रहरु टक्रयाउन चाहान्छु ः – अहम् ब्रह्मास्मि अर्थात् म पुण्य छु ।

अहम् प्रेम अर्थात् म प्रेम हुँ । यी मन्त्रको वाचन गर्नाले आफुमा सकारात्मक भावनाहरु जागरुक हुने गर्दछन् । आखिर ससांरमा कसलाई चाहिँ पुण्य हुन मनलाग्दैन र ? एउटा प्रेमको प्रतिमुर्ति जो आफैंमा पुण्य छ ।



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>