2021-03-06Saturday गोरखामा पिसिआर मेसिन खरिद असम्भव रहेको ठहर – खोजखबर – Hamro Nepal

गोरखामा पिसिआर मेसिन खरिद असम्भव रहेको ठहर – खोजखबर












Share on Your Social Media

नरेन्द्र ढकाल
गोरखा, असार १६ गते ।

गोरखामा तत्काल आरटी पिसिआर मेसिन खरिद गर्न असम्भव रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । सोमबार आइसोलेशन निर्माण तथा कोष व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङलाई प्रतिवेदन बुझाउँदै समितिले अहिलेको अबस्थामा मेसिन खरिद गर्न नसकिने बताएको हो । ‘राख्ने ठाउँ, प्राविधिक जनशक्ति र लागत सबै हिसाबले राम्रो खालको पिसिआर मेसिन किन्न सकिने अबस्था देखिएन,’ अध्ययन समितिका संयोजक गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘विज्ञहरुले सानो खालको पोेटेबल मेसिन पनि नकिन्नुहोस्, विश्वसनिय छैन भन्नुभयो । त्यसैले हामी यो निष्कर्षमा पुगेका हौं ।’ नेपालमा पछिल्लो समय किनिएका ५ वटा त्यस्ता मेसिन अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

नगरप्रमुख पन्त, गोरखा अस्पतालका मेडिकल अधिकृतहरु डा. विनोद दुवाडी, कमलराज रोका, स्वास्थ्य कार्यालयकी प्रमुख विद्या तमाङ, ल्याब टेक्निसियनहरु मनोज रेग्मी र मनिसा बरालको टोलीले लामो अध्ययन र छलफल गरेपछि प्रतिवेदन सार्वजानिक गरेको हो । मेसिन खरिद गरी जिल्लामै पिसिआर परीक्षण गर्नेको लागि झण्डै २ करोड लाग्ने देखिएको छ । करिब ३० लाखमा लागतमा मेसिन किन्न सकिने तर ल्याब सेटअप, अन्य संरचना बनाउन, आवश्यक रसायन खरिद र सञ्चालन गर्न उक्त रकम खर्च हुने समितिको ठहर छ । ‘७/८ वटा कोठा चाहिने, एकै सिफ्टमा ६ जना टेक्निसिन हुनुपर्ने, एक सकेन्ट पनि बत्ति जानु नहुने, अत्यान्त महगो जैविक रसायन चाहिदो रहेछ,’ नगर प्रमुख पन्तले भने, ‘यदि मेसिन किन्ने हो भने पनि त्यसको प्रोसेस निकै लामो छ । ल्याएर सेटअप गर्न २/३ महिनासम्म लाग्न सक्छ । हामीलाई अहिले नै चाहिएको हो, पछिको लागि किन्नुका के अर्थ ?’ समितिले प्रदेश र केन्द्र सरकारको सहयोग एवं छिमेकी जिल्लाको समन्वयमा भने मेसिन राख्न सकिने सुझाव दिएको छ । स्थानीय तहको लगानीमा मात्र मेसिन किन्न र सञ्चालन गर्न असम्भव देखिएको उनले बताए ।

गोरखामा संक्रमितको संख्या बढ्दै गएपछि मेसिन किन्ने चर्चा भएको थियो । पिसिआर परीक्षणको नतिजा आउन ढिलाई हुँदा क्वारेन्टिन र आइसोलेशन व्यवस्थामा समस्या भएको र परीक्षणको दायरा पनि बढाउन पर्नेे भन्दै मेसिन किन्नु पर्नेे निष्कर्षमा सरोकारवालाहरु पुगेका थिए । गोरखाका सबै स्थानीय तहको सामुहिक लगानी र सहयोगीदाता समेत खोजेर मेसिन किन्न तयारी गरिएको थियो । समितिले प्रतिवेदन बुझाएपनि जिल्लाका ११ वटै स्थानीय तह र सरोकारवालाहरुसँग थप छलफल गरी निष्कर्ष निकाल्ने आइसोलेशन निर्माण तथा कोष व्यवस्थापन समितिको तयारी छ । देशभर रहेका प्रयोगशालामा संकलन गरी पठाइएका नमूनाहरुको चाङ छ । जसका कारण दुई हप्तासम्म रिर्पोट आउन सकेको छैन ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>