2021-03-01Monday सिरानचोकमा पहिलो पटक कोरोना संक्रमण – खोजखबर – Hamro Nepal

सिरानचोकमा पहिलो पटक कोरोना संक्रमण – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार १४ गते ।

सिरानचोक गाउँपालिकामा पहिलो पटक कोराना संक्रमण देखिएको छ । भारतबाट आएका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सिरानचोक गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । वडा न ५ छोप्राक घर भएका ती युवक वडा न ६ गाँखुको क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै जिल्लाका ८ वटा स्थानिय तहमा कोरोनाका बिरामी भेटिएका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी कुल ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
हालसम्म धार्चे, चुमनुव्री र आरूघाट गाउपालिकामा कोरोना संक्रमण फेला पारेका छैन । आइसोलेशनमा रहेर उपचार गराइरहेका २० जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ । गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>