2021-03-09Tuesday सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते – Online Khabar – Hamro Nepal

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केही घाइते – Online Khabar


१४ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन ।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार गोलीको छर्रा लागेर केही व्यक्ति घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सानो निहुँबाट भएको झगडा राजनीतिकरण भएर ठूलो रुप लिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘एक–दुई जनाबाट झगडा सुरु भएको झगडाले उग्ररुप लिएको हो । एक दर्जनभन्दा बढी घाइते भएका छन् । अहिले स्थिति नियन्त्रणमा छ ।’

घटनामा गोलीको छर्रा प्रहार भएको उनले जानकारी दिए । तर, कुन पक्षबाट प्रहार भएको भन्ने स्पष्ट भइनसकेको जिसीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी विश्वमणि पोखरेलले भने घटनाबारे बुझ्ने काम भइरहेको अनलाइनखबरलाई बताए ।

स्थानीय भने घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको बताउँछन् । साथै, गोली पनि कांग्रेसकै समूहबाट प्रहार भएको उनको दाबी छ ।

अधिकांशको ढाडमा गोली लागेको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार घाइतेमध्ये तीन जनाको गम्भिर अवस्था रहेको छ ।

सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ ।

धनकौल कांग्रेस सांसद अमरेश कुमार सिंहको निर्वाचन क्षेत्र हो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>