2021-02-26Friday लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न व्यवसायीको माग – Online Khabar – Hamro Nepal

लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न व्यवसायीको माग – Online Khabar


१३ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ ।

लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।

महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ।’

अहिले आम व्यवसायीहरुका लागि कोठा भाडा मुख्य चुनौतीको रुपमा देखा परेको भन्दै महासंघले केही दिनको मात्रै नभई लकडाउन अवधिभर पूरैको घरभाडा मिनाहा गर्नुपर्ने बताएको छ ।

महासंघ माताहतको खिचापोखरी व्यापार संघका निवर्तमान अध्यक्ष मनोजबावु श्रेष्ठले व्यवसायीहरु ठूलो समस्यामा परेको भन्दै यतिबेला घरभाडा लिन नहुने बताए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>