2021-02-28Sunday सेनाले किनेको रिएजेन्ट काम लागेन, वीरगञ्जमा कोरोना परीक्षण रोकियो – Online Khabar – Hamro Nepal

सेनाले किनेको रिएजेन्ट काम लागेन, वीरगञ्जमा कोरोना परीक्षण रोकियो – Online Khabar


९ असार, वीरगञ्ज । नेपाली सेनाले खरिद गरेको रि–एजेन्ट काम नलाग्ने भएपछि वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा कोरोना परीक्षण रोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको रि–एजेन्ट काम नलाग्ने हुँदा ल्याब बन्द गर्नुपर्ने अवस्था आएको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ल्याब बन्द भएपछि दुई दिनमा संकलन भएका झण्डै १२०० स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको छ ।

डा. पाठकका अनुसार स्वास्थ्य मन्त्रालयले एक एमएलको भीटीएममा लाग्ने रिएजेन्ट पठाएको छ । नेपाली सेनाले सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किनेको थियो, त्यही मन्त्रालयले देशभरका ल्याबहरुमा पठाएको छ ।

नारायणी अस्पतालको ल्याबले तीन एमएलको भीटीएममा स्वाब संकलन गरिरहेको छ ।

यसमा मन्त्रालयले पठाएको रिएजेन्ट प्रयोग गरेर परीक्षण गर्दा राम्रो रिजल्ट नआएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । ‘पछिल्लो समयमा सरकारले पठाएको सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किट काम नलाग्ने परेको छ । प्रयोग गर्दा रिपोर्ट राम्रो आएन’ उनले अनलाइनखबरसँग भने ‘एक हजार थान आएको थियो, कामै नलाग्ने देखियो ।’

उनका अनुसार यसबारे स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका सरोकारवाला निकायमा लिखित जानकारी गराइएको छ ।

साथै प्रयोगशालासँग मिल्ने खालको रि–एजेन्टका लिनका लागि एम्बुलेन्स काठमाडौं पठाइएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>