
गुल्मीको रिडीमा एक युवकको बेवारिसे शव फेला – Online Khabar
६ असार, गुल्मी । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।
शुक्रवार साँझ फेला परेको शवलाई पहिचानको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट लागेको, वायाँ हातमा माछा मार्ने जालको डोरी बेरिएको र नग्न अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक पुनले बताए ।
शवको प्रकृति हेर्दा कुमाल जातीको जस्तो मुहार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शव पहिचानको लागि मातहतका प्रहरी चौकीमा खबर गरिएको प्रहरी निरीक्षक पुनले बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More