2021-02-26Friday प्रदेश २ मा थपिए ९ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ७४० – Online Khabar – Hamro Nepal

प्रदेश २ मा थपिए ९ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ७४० – Online Khabar


५ असार, जनकपुरधाम । प्रदेश २ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा सप्तरीका १ महिलासहित ४ जना र सर्लाहीका एक महिलासहित पाँच जना छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ४ का ५० वर्षीया एक जना महिला, ११ वर्षीय एक जना बालक, १६ वर्षीय एक जना किशोर र ४० वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सर्लाहीको गोडैता नगरपालिकाका १६, २० र २३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीकै चक्रघट्टा गाउँपालिकाकी ९ वर्षीया एक बालिका र १९ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ७ सय ९० पुगेको छ ।

डिस्चार्ज हुनेको संख्या ७४०

प्रदेश २ बाट पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

जनकपुरधामस्थित प्रादेशिक अस्पताल अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वीपी मेमोरियल पोलिटेक्निकल इस्न्टिच्युटको आइसोलेसन कक्षबाट ११ जना पुरुष, सिराहा जिल्ला स्थित सिराहा अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट ४ जना पुरुष, सप्तरी जिल्लास्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षबाट ५ जना पुरुष र सर्लाहीको मलंगवा नगरपालिकास्थित सर्लाही जिल्ला अस्पताल अन्तर्गत रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट २ महिला र ३५ जना पुरुष गरी कुल ५७ जना कोरोना संक्रमतिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यससँगै यस प्रदेश नम्वर २ का ७ सय ४० जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>