खोजखबर
गोरखा, असार ४ गते ।
गोरखाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पालुङटार नगरपालिका ६ पुरुष र एक महिला गरी ७ जनाको कोरोना रिर्पोट पोजेटिभ आएको छ । यसैगरी शहिद लखन गाउँपालिका ४ जना पुरुषमा पनि कोराना संक्रमण पुष्टि भएको छ । योसँगै गोरखामा कुल संक्रमितको संख्या ३५ पुगेको छ ।
बिहीबार गण्डकी प्रदेशमा भने ४२ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २८९ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा १ जनाको मृत्यु भइसकेको छ ।

Share on Your Social Media