
सफाइ पाएपछि सागर थापाको प्रश्न : हाम्रो मुल्यांकन कसले गर्ने ?
२ असार, काठमाडौं । म्याच फिक्सिङ आरोपमा सर्वोच्च अदालतबाट सफाइ पाएका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापाले ढिलै भए पनि सत्यको जीत भएको प्रतिक्रिया दिएका छन् ।
सँगसँगै उनले न्यायको सिलसिलामा बितेको समय, आफूहरुले विगतमा गरेको मिहिनेत र परिश्रमको कसले मूल्याकंन गरिदिने भनी प्रश्न पनि गरेका छन् ।
म्याच फिक्सिङको आरोपमा सागर थापासहित ४ खेलाडी, एक प्रशिक्षक र फिजियोथेरापिस्ट गरी ६ जना २०७२ साल असोज २७ गते पक्राउ परेका थिए । त्यसपछि उनीहरु विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आजीवन प्रतिबन्धमा परेका छन् ।
झण्डै ५ वर्षपछि सफाइ पाएपछि सागरले फेसबुकमा लेखेका छन् ‘सत्यको जीत भयो सम्मानित सर्वोच्च अदालतबाट पनि न्याय पाइयो आज । समय, मिहिनेत परिश्रमको मूल्यांकन कसले गर्दिने ? सरकारले, एन्फाले ?’
नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भन्दै सागरसहित खेलाडीहरु सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेविज थापालाई प्रहरी पक्राउ गरेको थियो ।
उनीहरुले प्रहरीसामू फिक्सिङ गरेको स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलर र त्यसभन्दा बढी रकम लिने गरेको प्रहरीको दावी थियो ।
उनीहरुविरुद्ध राज्यविरुद्धको कसूर अभियोग लगाइएको थियो । सर्वोच्चअघि उनीहरुलाई विशेष अदालतले पनि सफाइ दिएको थियो ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More