2021-02-28Sunday लकडाउनका केही तितामिठा पल – Hamro Nepal

लकडाउनका केही तितामिठा पल


रमा सिंखडा
चिनको बुहानबाट कोरोना भन्ने भाइरस फैलिएको छ । हजारौं मानिस संक्रमित भएका छन् । सयौं को मृत्यु भइसक्यो । उक्त भाइरसको औषधी पनि बनेको छैन भन्ने समाचार आउन थालेको धेरै भएको थियो ।
बिस्तारै अन्य देशमा भाइरस फैलिएको समाचार पढेको केही दिनपछि नेपालमा पनि पहिलो पटक एक व्यक्तिमा संक्रमण पुष्टि भयो । नेपालमा बिस्तारै संक्रमण देखिन थालेपछि सरकारले २०७६ चैत ११ गते लकडाउनको घोषणा ग¥यो । त्यस दिनपछि देशभर शिक्षण संस्था, यातायात, कार्यालय, व्यापार व्यवसाय सबै ठप्प भए । र त्यसै दिन देखि मेरो अफिस पनि बन्द भयो । मैले काम गर्ने एकिकरण नेपालको अफिस गोरखा सदरमुकामबाट करिब ९ किलोमिटर टाढा थियो । यातायात सेवा ठप्प भएपछि अफिस जान सक्ने कुरा पनि भएन । फेरी सरकारले घरमै बसेर लकडाउनको पालन गर्न आग्रह गरेकाले म पनि घरमै बस्न थाले । एक, दुई, तीन गर्दै बिस्तारै दिनहरु बित्न थाले । सुरुको एक हप्ता घरमा लक भएर बस्न निकै गाह्रो भयो । सधै अफिस गएर काम गर्ने बानी परेकाले यत्तिकै घरमा बसेर समय कटाउन मुस्किल हुन थाल्यो ।
घरमा बस्दा साथि भनेको केवल मोबाइल र टिभी नै हुन्थ्यो । कति जनामा संक्रमण भयो, मृत्यु हुनेको संख्या कतिपय पुग्यो ? कोरोनाले विश्वका कति देशहरु प्रभावित भएका छन् ? नेपालको अबस्था के छ ? लगायतका सूचना र जानकारी लिन मेरा आँखा टेलिभिजन र मोबाइलका स्किनमा तल्लिन हुन्थे । त्यसको अलवा खाना बनाउने खाने, बस्ने, परिबारका सदस्यहरुसँग गफगाफ गर्ने मात्र दिन चर्या बन्यो ।
हाम्रो देशमा पहिलो चरणको लकडाउन सकिदा धेरै देशहरुमा भयाबह स्थिती सिर्जना भइसकेको थियो । त्यसो त नेपालमा लकडाउन सुरु हुनु पुर्व युरोप र अमेरिका कतिपय देश नराम्रेरी प्रभावित भइसकेका थिए । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको तथ्य सार्वजानिक गरिसकेको थियो । सरकारले लकडाउनको अबधी लम्ब्याउनुको बिकल्प पनि थिएन । लकडाउनको अवधी दोश्रो पटक थप हुँदासम्म त घरको चार भित्ता भित्र खुम्चिएर बस्ने बानी परिसकेको थियो । बिस्तारै दिनहरु बित्दै जाँदा अफिसबाट फोन आउन थाल्यो । कार्यालय बन्द भएपनि रोकिएका कामहरुलाई कसरी अघि बढाउने, कार्यक्रमको स्वरुप परिर्वतन गरेर कसरी काम गर्न सकिन्छ भनेर योजना बनाउन थालियो । घरमै बसेर केही कामहरु पनि सुरु हुन थाले । विभिन्न अनलाइन ट्रेनिङहरुमा सहभागी हुने, स्टेक होल्डरहरुसँग निरन्तर सम्र्पक, अफिसमा गर्नु पर्ने रिर्पोटिङ लगायतका काममा इनगेज भएर दिन बित्दै गए । कहिले घरको, कहिले करेसा बारीको काम, कहिले अफिसको काम र बाँकी समय टिभी हेर्दै, इन्टरनेटमा व्यस्त हुँदै दिनहरु बित्दै गयो । त्यत्ति बेलासम्म चौथो पटक लकडाउन थपिइसकेको थियो । इन्टरनेटमा युटुब, फेसबुक, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा कोरोना बाहेका अन्य कुराहरुको फेलो गर्ने मेरो बानी थियो । कहिले पुजा शर्मा र सुष्मा कार्कीको झगडा त कहिले वर्षा राउतले राष्ट्रियता विरुद्ध बोलिन भन्दै सामाजिक सञ्जालमा तहल्का मच्चाउथे । मन पर्ने नायिका वर्षाको कन्ट्रोभर्र्सी मलाई त्यत्ति मन परिराखेको थिएन । उनी प्रति अरुले गरेको नकरात्मक कमेन्ट कत्ति पनि मन परेको थिएन । तर पनि उक्त विषय मैले धेरै नै फलो गरेँ ।
मैले टिकटक एकाउन्ट खोलेको त धेरै भएको थियो । व्यस्थताले गर्दा त्यत्तै हेर्ने फुर्सद त हुदैन थियो । तै पनि समय मिलेको बेला अरुका भिडियो हेरिन्थ्यिो । तर आफूले भने बनाएकी थिइन,् तर अहिले आफ्नै भिडियो पोष्ट गर्ने भएकी छु । यसरी नै बिस्तारै समय बित्दै गयो । कहिले काँही लाग्थ्यो परिवारसँग समय बिताउने राम्रै मौका मिलेको छ । युटुब हेर्दै विभिन्न किसिमका परिकार पकाएर खाने पनि दिनचर्या जस्तै बन्न थाल्यो ।
लकडाउनले प्रविधिसँग धेरै अभ्यस्त गरायो । भर्चुअलमा हुर्ने, तालिम, गोष्ठि, छलफल, अन्र्तक्रिया सहभागी हुने ज्ञानगुनका कुरा आदानप्रदान गर्ने मौका पनि मिल्यो । यसैगरी कहिले नबनाएका परिकारहरुको रेसिपी, करेसा बारीमा काम गर्नु, योग तथा व्यायाम गर्नुलाई मैले लकडाउनको उपलब्धीको रुपमा मानेको छु । लकडाउने केही कुराहरु नबिर्सने गरी सिकाएको छ । धुँलो, धुँवामा जाँदा कहिले काँही लगाउन मास्क अहिले नियमित पोसाक बनेको छ । नाम सुनेको तर त्यत्ति प्रयोगमा नआएको सेनिटाइजरले आधा घण्टाको फरकमा हातसँग स्पर्स गर्न थालेको छ ।
यसगरी लकडाउनको झण्डै ३ महिना बिताइयो । सरकारले जारी लकडाउनको मोडालिटी परिर्वतन गरी केही खुकुलो बनाएको छ । असार १ गतेबाट कार्यालयहरु खुल्न थालेका छन् । तर कोरोनाको डर मनबाट हटेको छैन । संक्रमण र मृत्युदर बढि राख्दा लकडाउन किन खुकुलो भयो भन्ने जिज्ञासा मनमा छ । तर सधै यसरी बसेर पनि त भएन । स्वास्थ्य र सुरक्षाका उपाय अपानाएर, भौतिक दुरी काम राख्दै हामी आफ्नो पुरानो जीवनमा फर्किनुको बिकल्प छैन । सरकारले एक्लैको प्रयासले मात्र कोरोना भाइरसको संक्रमण रोक्न सकिदैन ।
अहिले बनाइएको खुकुलोलाई दुरुपयोग गरी हेलचक्र्याइ नगरौं । सबै सचेत र जिम्मेवार भयौं भने छिटै कोरोना भाइरस नियन्त्रणको लडाइँमा हाम्रो बिजय हुनेछ । यो संकटको घडिबाट चाडै मुक्ति मिलोस भनेर गोरखनाथ, गोरखकाली र मनकामनामाइसँग प्रार्थना गर्दछु ।



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>