2021-02-26Friday जनताको स्वास्थ्य माथि खेलबाड नगर्न काँग्रेस गोरखाको चेतवानी, पिसिआर परीक्षण बढाउन माग – खोजखबर – Hamro Nepal

जनताको स्वास्थ्य माथि खेलबाड नगर्न काँग्रेस गोरखाको चेतवानी, पिसिआर परीक्षण बढाउन माग – खोजखबर


खोजखबर
गोरखा, असार २ गते ।
नेपाली काँग्रेस गोरखाले पिसिआर बढाउन सरकारसँग माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै काँग्रेसले प्रयाप्त परीक्षण नहुँदा संक्रमणको जोखिम बढेर गएको दाबी गरेको छ । जिल्ला सभापती हरिबहादुर घलेले प्रजिअ सुरेन्द्र पौडेल मार्फत बुझाएको ज्ञापनपत्रमा रिर्पोट आउन ढिलाई हुँदा सर्वसाधरण त्रासमा बस्नुपर्ने अबस्था रहेको उल्लेख छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै काँग्रेसले जनताको स्वास्थ्य माथि खेलबाड नगर्न चेतवानी दिएको छ । ‘क्वारेन्टिनमा राखिएका सबैलाई पिसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेशनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस्,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

क्वारेन्टिन संचालनका लागी स्थानीय सरकारलाई आर्थिक र प्राविधिक स्रोत उपलब्ध गराउन नसकेको काँग्रेसका जिल्ला सचिव नन्द प्रसाद न्यौपानेले बताए । कोरोना संक्रमितको उपचारका लागी अस्पताललाई आवश्यक उपकरण, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेशन बेड र आवश्यक जनशक्ति तत्काल उपलब्ध गराउन उनको भनाई छ । न्यायोचित ढंगले राहत वितरण गर्न सुझाव दिदै काँग्रेसले राहतका खाद्य सामग्रीको गुणस्तर कायम पनि आग्रह गरको छ । बिदेशमा रहेका नेपाली नागरिकलाइ सुरक्षित तबरले स्वदेश ल्याउनका लागी आवश्यक कदम चाल्न ध्यानाकर्षण पत्र मार्फत आग्रह गरिएको छ ।

कोरोना त्रास र प्रभावले उद्योग ब्यापार ब्यवशायमा ठुलो असर पुगेकाले आर्थिक क्षेत्रको सुधारकालागि श्रमिक र मजदुरलाई ठोस राहत प्याकेज घोषणा गर्न मा गरिएको छ । लकडाउनका कारण कृषकले भोग्नुपरेको समस्या, बिउ बिजन, मल सहज उपलब्ध गराउन र कृषि उत्पादन बिक्री गर्ने बातावरण बनाउन माग गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा, संसद कोष हटाएर कोभिड १९ को प्रभावले रोजगारी गुमाएकाहरुलाई स्थानीय स्तरमा रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउन कांग्रेसले सरकार सँग माग गरेको छ । राहत बितरणलाई प्रभावकारी बनाउन र आवस्य परेकाहरुलाई बितरण गर्न, कोरोना उपचार गर्ने अस्पतालको ब्यवस्थापनमा ध्यान दिन, पारदर्शिता कायम राख्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

क्वारेन्टिनलाई ब्यवस्थित गर्न, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अंग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको सुरक्षामा विषेश ध्यान दिन ज्ञापन पत्रमा भनिएको छ । साथै गोरखामा हरेक दिन कोरोनाको अवस्था बारे आधिकारीक रिपोर्ट सार्वजनीक गर्ने ब्यवस्था मिलाउन पनि भनिएको छ । कोरोना प्रभाव रहिरहेका बेला बर्खा लागेसँगै आउन सक्ने बाढी पहिरो र त्यसबाट हुने बिपत्तीलाई मध्येनजर गर्दै विषेश सुरक्षा नीति अबलम्बन गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

Share on Your Social Media



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>