2021-02-24Wednesday घरभित्रै खनेर खानेपानीको पाइप बिछ्याइयो ! – Online Khabar – Hamro Nepal

घरभित्रै खनेर खानेपानीको पाइप बिछ्याइयो ! – Online Khabar


२ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २१ मा एक घरको भित्रैबाट खनेर खानेपानीको पाइप बिछ्याइएको छ । पार्वतीपुरका ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएको हो ।

घरको दायाँ–बायाँ खाली जग्गा रहे पनि सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको पाइप बिछ्याइएको छ ।

वडा अध्यक्ष चित्रसेन अधिकारी आफैँ संयोजक रहेको समितिले पार्वतीपुरमा खानेपानीको पाइप बिछ्याउने काम गरिरहेको छ । सो घरमा दृष्टिविहीन वृद्धा र अस्वस्थ रहेका उनका ५२ वर्षीय छोरा पदमराज अधिकारी बस्दै आएका छन् ।

खानेपानीको पाइप बिछ्याउने बेलामा घरको गाह्रो नै भत्काइएपछि घरसमेत भत्किने जोखिममा परेको छ ।

खानेपानीको पाइपलाइन विस्तारको क्रममा घरको दायाँतर्फ थोरै भाग घुमाएको भए घर खन्न पर्ने अवस्था नआउने स्थानीय तथा अधिवक्ता नाराययण गिरीले बताए ।

वडा नम्बर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीले आफूबाट गल्ती भएको भन्दै सामाजिक सञ्जालमा आश्चर्य व्यक्त गरेका छन् । यो घटना कसरी भयो भनेर आफैंलाईसमेत थाहा नभएको र सामाजिक सञ्जालमा फोटाहरु आएपछि मात्रै थाहा पाएको वडा अध्यक्षले बताएका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>