2021-03-01Monday नियमित ड्यूटीसँगै कोरोनाबारे सचेतना फैलाउँदै ट्राफिक प्रहरी – Online Khabar – Hamro Nepal

नियमित ड्यूटीसँगै कोरोनाबारे सचेतना फैलाउँदै ट्राफिक प्रहरी – Online Khabar


१ असार, काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ ।

महाशाखासहित मातहतका ३४ कार्यालयमा कार्यरत ट्राफिक प्रहरी परिचालन गरेर कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउन थालिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट सडक प्रयोगकर्तामा हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य चोक एवं भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाइएको हो ।

‘प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, जोर विजोर नियम पालना गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभावी हिडँडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्’, ढकालले भने, ‘अहिले महाशाखा र मातहतका कार्यालयबाट ८२ स्थानमा २ सय बढी ट्राफिक प्रहरी परिचालित छन् ।’

दैनिक बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म र बेलुकी ४ः०० बजेदेखि ७ः०० बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

‘यात्रु तथा सडक प्रयोगकर्तालाई लक्षित गरी कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहनका लागि सचेतना अभियानमा ट्राफिक प्रहरी परिचालित गरिएको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ’, श्रेष्ठले भने ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>