2021-03-02Tuesday कक्षा ११ को परीक्षा पनि नलिन नेविसंघको माग – Online Khabar – Hamro Nepal

कक्षा ११ को परीक्षा पनि नलिन नेविसंघको माग – Online Khabar


३२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो ।

कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेविसंघको माग छ ।

कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र सुरु गर्नु पर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन,रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन सुरु गर्नु पर्ने र इन्टरनेटलगायत सबै प्रविधिको नि:शुल्क व्यवस्थापन गर्न माग गरेको छ ।

हालै सरकारले ल्याएको आर्थिक वर्ष ०७७/०७८ को बजेटमा दिवा खाजा कायर्यक्रम, छात्रालाई सेनेटरी प्याड वितरण र छात्रवृत्ति कार्यक्रममा न्युन बजेट विनियोजन भएकोल आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>