2021-02-26Friday बाजुराकी चार दिने नवजात शिशुमा पनि कोरोना संक्रमण – Online Khabar – Hamro Nepal

बाजुराकी चार दिने नवजात शिशुमा पनि कोरोना संक्रमण – Online Khabar


२९ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी नवजात शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी नवजात शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती बालिका जेठ १५ गते जन्मेकी थिइन् । उनी जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो । बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेशमा २७ जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । सुदूरपश्चिममा कुल संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।

सुदूरपश्चिमको बाजुरामा एक जना, कैलालीमा ७ जना, बझाङ थलाराका एकजना, बित्थडका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । कैलालीका ७ संक्रमितमध्ये ६ जना गौरीगगाका हुन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>