
सुनौलीमा मृत्यु भएका युवककाे काेराेना परीक्षण भारतमा हुने – Online Khabar
२८ जेठ, बुटवल । भारतको मुम्बईबाट घर आउँदै गर्दा सुनौलीमा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ ।
बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा मृत्यु भएका युवकमा कोरोना संक्रमण भए–नभएको यकिन भएपछि मात्रै शव व्यवस्थापन हुने भएको छ ।
भारतीय पक्षले मृतकको स्वाब संकलन गरी परीक्षणका लागि भारतकै अस्पतालतर्फ लगि सकेकाे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनको रिपोर्ट आएपछि मात्रै शवलाई कसरी र कहाँ व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने पन्थले बताए । ‘शवलाई भारतकै अस्पताल लगिएको भारतीय पक्षले जानकारी दिएकाे छ,’ प्रजिअ पन्थले भने, ‘भोलि दिउँसो रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने टुंगो लाग्छ ।’
रिपोर्ट नेगेटिभ आएको खण्डमा परिवारलाई बोलाएर जिम्मा लगाइने तर पोजेटिभ आयो भने परिवारलाई शव हेर्नसम्म दिन सकिने र व्यवस्थापन सुरक्षा निकायले नै गर्ने प्रजिअ पन्थले स्पष्ट पारे ।
मृतकको पोजेटिभ रिपोर्ट आएमा शव नेपालतर्फ ल्याएर व्यवस्थापन गर्ने कि भारततर्फ नै हुने भन्ने अझै टुंगो नलागेको उनले बताए । ‘भारतीय समकक्षीसँग छलफल भएको छ,तर कता गर्ने भन्ने टुंगो लागेको छैन,’ प्रजिअ पन्थले भने, ‘पहिले रिपोर्ट आओस् त्यसपछि निर्णय हुन्छ ।’
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–२ (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुष को बुधबार बिहान सुनौली बजारमा मृत्यु भएको थियो । मुम्बईमा मजदुरी गर्दै आएका उनी तीन दिनअघि पाल्पाका तीनजना साथीसहित बसमार्फत सुनौली आइपुगेका थिए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More