
मधुसँग हमालको बर्थ डे सेलिव्रेशन – Online Khabar
+
नायक राजेश हमालले सोमबार आफ्नो ५६ औं जन्मदिन सेलिव्रेशन गरेका छन् । लक डाउनका कारण घरमै रहेका हमालले आफ्नी पत्नी मधु भट्टराइसँग जन्मदिन सेलिव्रेशन गरेका हुन् ।
राजेश आफैले सामाजिक संजालमा पोष्ट गरेको भिडियोमा उनले सबैलाई धन्यवाद समेत दिएका छन् ।
नायक हमाललाई जन्मदिनमा एक जना साथीले साइकल उपहार दिएका छन् । नायक राजेश हमालले लामो समयदेखि आफ्नो जन्मदिन विभिन्न सामाजिक संघसंस्थामा पुगेर मनाइरहेका थिए ।
तर, यसपटक लक डाउनका कारण नायक राजेश हमालले घरमै जन्मदिन मनाएका हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरेका नायक हमाल अहिले चलचित्र निर्देशन गर्ने तयारीमा छन् ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More