खोजखबर
गोरखा, जेठ २५ ।
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत २८ जना प्रहरीको स्बाब संकलन गरिएको छ ।
प्रहरी हिरासतमा रहेका पालुङटारका एक युवकमा कोरोना संक्रमण देखिएपछि उनीसँग सम्र्पकमा आएको आशंकामा प्रहरी निरिक्षक सहित २८ जनाको स्बाब संकलन गरि पिसिआर परीक्षणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिकाका १७ बर्षका युवक जेठ ११ गतेदेखि प्रहरी हिरासतमा छन् । जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका उनीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित गण्डकी गाउँपालिकाका ९ जनाको पनि जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरुलाई आइतबार दिउँसो क्वारेन्टिन स्थलबाट अस्पताल ल्याइएको छ ।
Share on Your Social Media