2021-03-09Tuesday जग्गा बिबादका कारण १५ वर्ष देखि अलपत्र सडक स्थानीयले खुलाए – खोजखबर – Hamro Nepal

जग्गा बिबादका कारण १५ वर्ष देखि अलपत्र सडक स्थानीयले खुलाए – खोजखबर












खोजखबर
गोरखा, जेठ २५ गते ।

जग्गा बिबादका कारण लामो समय देखि अलपत्र परेको सडक स्तरोन्नती भएको छ । स्थानीयको पहलमा गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरा देखि नौविसे खाल्टे गाउँ हुदै गोरखा नगरपालिका जाने सडक स्तरोन्नती गरिएको । जग्गा बिबाद मिलाएर गोरखा नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा सडक स्तरोन्नती गरिएको स्थानीय केसरसिहं बस्नेतले जानकारी दिए ।
उक्त सडक निर्माण गर्नका लागि वडा नम्वर ८ र ९ का स्थानीयको भेलाले गणेशमान सिंह बस्नेतको अध्यक्षतमा उपभोक्ता समिति गठन गरेको थियो । उक्त समितिले सर्ब पक्षिय सहमती जुटाएर सडक स्तरोन्नती गरेको हो ।
सडक स्तरोन्नती भएसँगै वडा नम्वर ८ र ९ का स्थानीयलाई धान पराल बोक्न र खेतिपाती गर्न सहज हुने अपेक्षा गरिएको छ । उक्त सडक ठिगुरेस्वाँराबाट नगरपालिका जाने छोटो बाटो समेत भएकाले थप सहज हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा निर्माण हुदै गरेको लिफ्टिङ खानेपानी आयोजना निर्माणको काममा पनि सहज हुने स्थानीयले बताएका छन् ।

Share on Your Social Media






Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>