खोजखबर
गोरखा, जेठ २३ गते ।
गोरखाको सिरानचोक गाउँपालिकाले बिदेशमा अलपत्र परेका आफ्ना नागरिकको खोजी कार्य गरिरहेको छ ।
अध्ययन, अबलोकन र रोजगारीका लागि छिमेकी मुलुक भारत सहित विश्वका विभिन्न देशहरुमा रहेका सर्वसाधरणको उद्धार गर्ने तयारी गरिएको हो । ‘को कहाँ अलपत्र पर्नु भएको छ । त्यसको पहिचान गर्नका लागि हामीले अनलाइन फारम बनाएका छौं,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने, ‘धेरै जनाले फारम भरेर आफ्नो विवरण हामीलाई उपलब्ध गराई सक्नुभएको छ । उहाँको विवरण केलाएर उद्धारको लागि पहल गर्छौ ।’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अलपत्र परेका नागरिकहरुलाई सुरक्षित साथ घर फर्काउन गाउँपालिकाले पहल गरेको छ । विदेशमा अलपत्र परेका सबै सिरानचोकबासीलाई अनलाइन फारम भर्न गाउँपालिकाले अनुरोध गरेको छ । उक्त कार्यमा सहयोग गरिदिन नेपालमा रहेका परिवार आफन्तहरुलाई समेत आग्रह गरिएको छ ।
फारम भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
Share on Your Social Media