
वर्षा र संजोगको माया – Online Khabar
नायिका वर्षा राउत विवादमा परेपछि नायक संजोग कोइरालाले एक भिडियो सार्वजनिक गरे । आफ्नो युटुब च्यानलबाट सार्वजनिक भिडियोमा संजोगले वर्षाले गलत बोलेको त बताए नै, साथमा वर्षाका लागि तथानाम गालीगलौज गर्नेहरुलाई पनि राम्रैसँग जवाफ दिए ।
डेढ बर्ष अगाडि एकसाथ अगाडि बढ्ने निर्णय गर्दै अगाडि बढेको यो जोडी चलचित्र क्षेत्रमै उदाहरणीय मानिन्छ । वर्षा र संजोगको प्रेम करिब ७ बर्ष चलेको थियो ।
वर्षा सर्वाधिक विवादित बनिरहँदा नायक संजोग कोइरालाले उनलाई सम्हाले । हुनत, यो समयमा वर्षालाई साथ दिने र भरोसा दिने उनका आफन्त, साथी र फ्यानहरु पनि थिए । तर, संजोगको साथ उनका लागि अझै प्रिय थियो ।
यसैले, घटनालाई विस्तारै विर्सदै मुस्कुराउन थालेकी वर्षा लेख्छिन्–‘एउटै साहारा, तिम्रो मायाको ।’ संजोगको हात समाउँदै मुस्कुराएकी वर्षाको तस्वीर र उनको भावनाले पनि के वुझिन्छ भने, जतीसुकै कठोर परिस्थितीमा पनि संजोगको साथले उनलाई हिम्मत दिएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More