2021-03-06Saturday कोरोना कारण प्रभावित भएको पुर्ननिर्माणको काम अघि बढाउने तयारी – खोजखबर – Hamro Nepal

कोरोना कारण प्रभावित भएको पुर्ननिर्माणको काम अघि बढाउने तयारी – खोजखबर












खोजखबर
गोरखा, जेठ २३ गते ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रभावित भएको पुर्ननिर्माणको काम अघि बढाउने निर्णय भएको छ । लकडाउनका कारण भूकम्पको केन्द्रबिन्दु गोरखामा रोकिएको पुर्ननिर्माण सम्बन्धी सम्पुर्ण गतिविधिहरु सुचारु गराउने सरोकारवालाहरुले निर्णय गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले सरोरवाला सबै निकायको सहयोगमा पुर्ननिर्माण काम सञ्चालन गर्ने निर्णय गरेको हो । जाइका र युनडिपिको साधन स्रोत प्रयोग गरेर इन्जिनियर प्राविधिहरुलाई घर अनुगमनका लागि पठाउने निर्णय भएको छ । ‘निर्माण भइरहेका घरको किस्ता सिफारिस गर्ने, बन्न बाँकी घर निर्माणका लागि सहजिकरण गर्ने, रकम अभावका कारण अलपत्र परेका घरलाई थप ५० हजार अनुदान उपलब्ध गराउने लगायतका निर्णय पनि भएका छन्,’ जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले भने, ‘सम्बन्धित स्थानीय तहको समन्वयमा निर्माण सामाग्री ढुवानी पनि सहज बनाउने कुरा भएको छ । यो काम उहाँहरुले यस अघि देखिनै गर्दै आउनु भएको छ ।’
गुनासो फारम भरेका मध्ये थप १५० जनाको नाम लाभग्राहीको सूचीमा समावेश भइ आएकाले उनीहरुसँग सम्झौता गरी घर निर्माण प्रक्रिया अगाडी बढाउने समेत निर्णय भएको छ ।
२०७२ बैशाख गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भूकम्पले यहाँका ७१ हजार भन्दा बढि घर भत्काएको थियो । भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि अझै पुर्ननिर्माणको काम सकिएको छैन । अब वर्खा लागिसकेका पुर्ननिर्माणको काम कठिन हुने सरोकारवालाहरुको दाबी छ ।

Share on Your Social Media






Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>