
मन्त्री ज्ञवाली – Online Khabar
२१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुकुमको सोतीमा भएको हत्या घटनाले हाम्रो सामाजिक संरचना नै खोटपूर्ण देखाएको बताएका छन् ।
‘हालै रुकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गम्भीर खोटहरू उजागर गरेको छ,’ मन्त्री ज्ञवालीले बुधबार छुवाछुतविरुद्धको राष्ट्रिय दिवसको अवसरमा टि्वटरमा लेखेका छन्, ‘राजनीतिक रुपमा उच्च रहेको हाम्रो परिवर्तनको सामाजिक-सांस्कृतिक धरातल कमजोर छ भन्ने स्पष्ट पारेको छ ।’
जेठ १० गते रुकुमको सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको भएको थियो ।
नेपाल कम्युनिष्टस्ट पार्टी (नेकपा) का नेता समेत रहेका मन्त्री ज्ञवालीले दलित समुदायमाथि छुवाछुतजन्य विभेद र हिंसाका घट्ना भइरहनुलाई संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नै चुनौति भएको उल्लेख गरेका छन् ।
छुवाछुत जस्तो मानवतामाथिको कलंकलाई कानूनी रुपमा मात्रै होइन व्यवहारमै निर्मूल गर्न पनि उनले आव्हान गरेका छन् ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More