
नेपाली भूमि अतिक्रमणको न्युजिल्याण्डवासी नेपालीद्वारा विरोध – Online Khabar
न्युजिल्यान्ड । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रवासी नेपाली एकता मञ्च न्युजिल्यान्डले भारतीय दूतावास विलिंटनमा ज्ञापन पत्र बुझाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुँदै कैलास मानसरोबरको बाटोमा नेपाली भूभाग प्रयोग भएको भन्दै बिरोध गरिएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको र सुगौली सन्धिलगायतका दस्ताबेजले उक्त भूभाग नेपालको भएको प्रमाणित भएको भन्दै अतिक्रमित भूमि फिर्ताको माग गरिएको छ।
न्युजिल्यान्डको विलिंटनस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शनसहित ज्ञापन पत्र बुझाउनको लागि स्वीकृति माग गरे पनि स्थानीय प्रशासनले अनुमति दएको थिएन ।
स्वीकृतिविनै ज्ञापन पत्र लिएर प्रवासी नेपाली एकता मञ्च न्युजिल्यान्डका सदस्य नवजीव ढुंगाना स्वयम भारतीय दूतावासमा उपस्थित भए तर दूतावासले ज्ञापन पत्र अस्वीकार गर्यो । त्यसपश्चात उक्त ज्ञापन पत्र हुलाकमार्फत विलिंटनस्थित भारतीय दूतावासमा पठाइएको हो ।
प्रवासी नेपाली एकता मञ्च न्युजिल्यान्डका अध्यक्ष आत्माराम खनाल र सचिव मिलन जिसीद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ- भारतको यो प्रवृत्तिले अन्तर्राष्ट्रिय कानून, द्विपक्षीय सन्धि सम्झौताको उल्लङघनका साथै नेपाल र भारतबीचका नागरिकको सामाजिक साँस्क्रितिक र ऐतिहासिक सम्बन्धलाई पनि कमजोर बनाएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More