2021-03-03Wednesday चिकित्सक कुटिएको विरोधमा एनएमसीका स्वास्थ्यकर्मी आन्दोलित – Online Khabar – Hamro Nepal

चिकित्सक कुटिएको विरोधमा एनएमसीका स्वास्थ्यकर्मी आन्दोलित – Online Khabar


१८ जेठ, काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपाल मेडिकल कलेज (एनएमसी)का स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।

कलेजका मेडिकल डाक्टर, इन्टरनल डाक्टरहरूले आइतबार इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसन बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेका हुन् ।

चिकित्सकमाथि भएको हातपातले अस्पतालमा बिरामी जाँच्ने वातावरण नभएको भन्दै उनीहरुले दोषीमाथि कारबाही र अस्पतालमा शान्तिसुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।

सुरक्षाको प्रत्याभूति नभएसम्म कलेजमा इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसनबाहेकका कुनै पनि सेवा सञ्चालन गर्न नदिने उनीहरूले बताएका छन् । चिकित्सकहरूले कुटपिट भएको समयको सीसीटीभी फुटेज डिलिट गरिनुले घटना झनै शंकास्पद बनाएको आन्दोलनमा उत्रिएका चिकित्सकहरूले बताएका छन् ।

४ दिनअघि दमका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका छोराले अस्पतालमा कार्यरत दुई जना चिकित्सकलाई कुटपिट गरेका थिए ।

  

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>