
व्यक्तिगत रिस फेर्न साथीसँग मिलेर भिनाजुको हत्या – Online Khabar
१७ जेठ, विराटनगर । पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नाताले सालो पर्ने बराह क्षेत्र ३ इक्राहीका २२ वर्षीय गणेश लिम्बु र गणेशका साथी १९ वर्षीय प्रदीप राजधामीलाई पक्राउ गरेको हो ।
शुक्रबार बराह क्षेत्र नगरपालिका– ३ इक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा ३७ वर्षीय कमलको शव भेटिएको थियो ।
शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
प्रहरीका अनुसार कमल झापाको दमकमा बस्दै आएका थिए । तर फागुनयता उनी सुनसरी बराह क्षेत्र नगरपालिका–३ ससुराली घरमा बस्दै आएका थिए ।
प्रहरीले हत्याको कारण पुरानो रिसिबी रहेको बताएको छ । गत फागुनमा कमलले गणेशलाई सामान्य विवादमा कुटपिट गरेका थिए । कुटपिटपछि उनीहरुको झगडा मिलेको थियो ।
तर बिहीबार राति एक्लै देखेपछि गणेशले मदिरा सेवन गराई एकान्तमा लगेर साथीको सहयोगमा हत्या गरेको प्रहरीले बताएको छ ।
विवाद भएको पाँच महिनापछि हत्या
प्रहरीका अनुसार गत फागुनमा कमल राई र गणेश लिम्बुबीच एकआपसमा झगडा हुँदा कमल राईले गणेशलाई कुटपिट गरेका थिए । घटनाको केही समयपछि विवाद मिलेको थियो ।
बिहीबार साँझको समयमा कमल राई मादक पदार्थ सेवन गरी घर आउँदै गरेको अवस्थामा बराहक्षेत्र–३ नडाहामा गणेश राईले भेटेका थिए ।
भेटपछि उनले कमल राईलाई फकाउँदै पुनः पसलमा लगेर मादक पदार्थ सेवन गराएका थिए । गणेशसँग प्रदीप राजधामी पनि थिए ।
मापसेपछि निस्कीएका उनीहरुले राति ८ बजे एकान्त स्थान इक्राही टोलको जामुना कित्ता प्लटिङमा पुर्याएर कुटपिट गरे । पूर्वयोजनाका साथ मदिरा सेवन गराएका लिम्बुले साथमा असारे जातको २ वटा लठ्ठी लिएर गएका थिए ।
लट्ठीले कमलको टाउकोमा प्रहार गरे । पटक पटक लठ्ठी प्रहारबाट उनको घटनास्थलमै ज्यान गयो । मृत्यु पश्चात लठ्ठी घटना स्थलमै छाडेर उनीहरु घरतर्फ लागेका थिए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More