2021-02-25Thursday मजदुरलाई घर पुर्याउन १८ घन्टासम्म काम गर्छन् सोनु – Online Khabar – Hamro Nepal

मजदुरलाई घर पुर्याउन १८ घन्टासम्म काम गर्छन् सोनु – Online Khabar


बलिउडमा खलपात्रको रुपमा चित्रित भएपनि कलाकार सोनु सुद रियल लाइफमा भने हजारौ मानिसका लागि नायक बनेका छन् ।

लक डाउनका कारण घरसम्म पुग्न नपाएका मानिसहरुलाई गाडीको माध्यमबाट घर पुर्याउने जिम्मा लिएपछि उनी यतिबेला सबैत्र चर्चामा छन् । सुरुवातमा ३५० जना मजदुरलाई आफ्नो घरसम्म पुर्याउने जिम्मा उठाएका सोनुले अहिलेसम्म १२ हजार भन्दा बढी मजदुरलाई यो सहयोग गरिसकेका छन् ।

अब, सोनुलाई दिनभर फोन र मेसेज आउन थालेको छ । उनी, यो कामका लागि दैनिक १८ घन्टासम्म खटिने गरेका छन् ।

सुरुवातमा यो कामका लागि एक्लै भएपनि अहिले उनको टिम बनिसकेको छ । ३ टिमले यो कामको व्यवस्थापन गरिरहेको छ ।

सोनुले हालै मात्र एक सय बढी महिलाहरुलाई प्लेनमार्फत घर पुर्याउने काम गरेका छन् । सोनुकी पत्नी सोनालीका अनुसार, उनी व्यस्त रहेपनि आफ्नो फिटेनश रुटिङलाई भने छाडेका छैनन् । उनी बिहान ५ बजे नै उठिसक्छन् । दैनिक ४ देखि ५ घन्टासम्म सुत्ने सोनुले केही दिन अगाडि आफूलाई दैनिक रुपमा आउने गरेका फोन र मेसेज सार्वजनिक पनि गरेका थिए ।

सुरुवाती दिनमा पैदल नै आफ्नो गाउँ जान थालेका मजदुरलाई देखेपछि सोनुले यो कदम उठाएका हुन् । उनले, गाडीको माध्यमबाट स्थानिय सरकारसँग अनुमती लिएर यो काम गरिरहेका छन् । सोनुको यो कामको सामाजिक संजाल र मिडियामा प्रशंसा भैरहेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>