2021-03-07Sunday पाकिस्तान सरकारका एक मन्त्रीलाई कोरोना संक्रमण – Online Khabar – Hamro Nepal

पाकिस्तान सरकारका एक मन्त्रीलाई कोरोना संक्रमण – Online Khabar


१७ जेठ, काठमाडौं । पाकिस्तान सरकारका एक मन्त्री शहरयार खान अफ्रिदीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीले आफैंले सामाजिक सञ्जाल ट्वीटरमा यसबारेमा जानकारी दिएका हुन् ।

शनिबार बिहान उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र चिकित्सकको सल्लाहअनुसार आफू घरमा नै क्वारेन्टिनमा बसेको बताइका छन् ।

पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । तर, संक्रमितको संख्या भने निरन्तर बढ्दो क्रममा छ । अहिलेसम्म पाकिस्तानमा ६७ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

स्रोत : बीबीसी





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>