2021-03-04Thursday पर्सामा चट्याङबाट बच्न भागेका एक व्यक्तिको मृत्यु – Online Khabar – Hamro Nepal

पर्सामा चट्याङबाट बच्न भागेका एक व्यक्तिको मृत्यु – Online Khabar


१७ जेठ, वीरगञ्ज । पर्सामा चट्याङबाट बच्नका लागि भाग्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका–२ बहुअर्वाका ४२ वर्षीय रामबाबु महतो नुनिया रहेका छन् ।

घरदेखि पश्चिमतर्फको आँपको बगैँचामा काम गरिहेको समयमा आकाशमा गड्याङगुडुङ गर्दै चट्याङसहित पानी पर्न थालेपछि उनी ज्यान जोगाउन भाग्ने क्रममा लडेका थिए । बिहान साढे ९ बजेको समयमा परेको चट्याङ लागेर उनको मृत्यु भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्रबहादुर शाहीले मृत्युको कारण यकिन हुन नसकेको बताए । ’मृत्यु भएको सही हो तर चट्याङले लागेर हो वा डरले भाग्दा लडेर हो । यकिन हुन सकेको छैन,’ उनले भने, ’पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुन्छ ।

शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीेले जनाएको छ ।

साथै घाइते भएका अर्का एक जना भने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>