
पर्सामा एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि – Online Khabar
१७ जेठ, वीरगञ्ज । पर्सामा शनिबार एकैदिन सात जनामा करोना संक्रमण पुष्टि भएको छ ।शनिबार बिहान र साँझ गरी पर्सामा सात जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
शनिबार साँझ पर्साको पटेर्वा सुगौली गाउँपालिकाको निचुटास्थित क्वारेन्टाइनमा बस्दै आएका ५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ जना महिला र ४ पुरुष छन् ।
नारायणी अस्पतालका प्रयोगशाला प्रमुख डा. निरा पाठकका अनुसार साँझ संक्रमित पुष्टि भएकामा एक जना २५ बर्षिया महिला छन् । यस्तै संक्रमित हुनेमा २२ वर्षका दुई जना, २५ वर्ष र ३६ वर्षका एक एक जना पुरूष छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको उनले बताइन् ।
यसअघि शनिबार बिहान सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ल्याब बन्द हुने अवस्था आयाे
कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. पाठकले नारायणीको पीसीआर परीक्षण ल्याब बन्द हुने अवस्था आएकाे जानकारी दिइन् । परीक्षणको लागि आवश्यक सामग्री नहुँदा ल्याब पुनः बन्द गर्नुपर्ने अवस्था आएको उनले बताइन् ।
तीन दिन अगाडिदेखि आवश्यक सामग्री माग गरिए पनि उपलब्ध हुन नसकेपछि ल्याब बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘आज एक सिफ्ट चल्यो, अब ल्याब बन्द गर्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘फिल्टर टिप्स लगायत आवश्यक सहयोगी सामानहरु सक्किएको छ । ती समान नआउँदासम्म सञ्चालन गर्न सकिँदैन ।’
भोलिसम्म समान आउन सक्ने उनको अनुमान छ । एक सिफ्टमा ३६ वटा नमुना परीक्षण गर्न सक्ने क्षमताको ल्याब वीरगञ्जमा सञ्चालनमा ल्याइएको थियो ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More