
कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ – Online Khabar
१७ जेठ, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्ने सरकारसँग माग गरेको छ ।
कोरोना महामारीविरुद्ध लड्न सरकार एक्लैले सम्भव नहुने भन्दै जनमुक्तिले संसदमा रहेका र संसद बाहिरका सबै दललाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्रमार्फत काम गर्नुपर्ने माग गरेको हो ।
पार्टी निकट राष्ट्रिय जनमुक्ति युवा महासंघले शनिबार बुटवलमा गरेको अन्तरक्रियामा पार्टीका उपमहासचिव टोप अस्लामी मगरले सरकारले आफ्ना कमी कमजोरी ढाकछोप गर्दै कोरोनाविरुद्ध लड्न एक्लै सक्षम भएजस्तो गरी लकडाउन मात्रै लम्ब्याएको आरोप लगाए ।
कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिने उद्देश्यले पार्टीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरेर कुरा राख्न खोजेपनि उनले बेवास्ता गरेको अस्लामीले आरोप लगाए ।
‘प्रदेश प्रमुख र सभामुखसँग भेटेर कुरा राख्यौं तर मुख्यमन्त्रीले भेट्नै चाहेनन्,’ उनले भने, ‘मुख्यमन्त्री हाम्रो पार्टीसँग छलफल गर्न तयार नहुने, अरुका कुरा नसुन्ने अनि भारतबाट आएका आफ्ना नागरिकलाई मात्रै दोष लगाएर कोरोना नियन्त्रण हुन्छ त ?’
सय जनाको एन्टी कोरोना टिम
जनमुक्ति युवा महासंघका प्रदेश ५ अध्यक्ष डीबी थापाले कोरोना नियन्त्रण र उपचारमा सघाउ पुर्याउन पार्टीले सय जनाको एन्टी कोरोना टिम बनाएर काम गर्न थालेको बताए ।
प्रदेश सरकारले बेवास्ता गरेपनि पार्टीले स्वयंसेवकका रुपमा सय जनाको टिम बनाएर प्रदेशका बाह्रै जिल्लामा जनचेतना र राहतका काम गर्ने तयारीमा रहेको उनले बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More