2021-03-03Wednesday कालिकोटका १७ जनामा कोरोना संक्रमण पुष्टि – Online Khabar – Hamro Nepal

कालिकोटका १७ जनामा कोरोना संक्रमण पुष्टि – Online Khabar


१७ जेठ, सुर्खेत । कालिकोटमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार  गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने  दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शनिबार मात्रै ल्याबमा १ सय ५९ नमूनाको परीक्षण गरिएको र त्यस मध्ये १९ जनामा (कोभिड–१९) पोजिटिभ पुष्टि भएको डा. तिवारीले बताए । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् ।

योसंगै कर्णालीमा संक्रमितको संख्या ७७ पुगेको छ । उनीहरू मध्ये एक जनाको क्वारेन्टिनमै मृत्यु भएको छ ।

 





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>