
तस्करी हुन नदिन पेट्रोल र सुनमा कर वृद्धि – Online Khabar
१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालबाट भारततर्फ हुने पेट्रोलियम पदार्थ र सुनको चोरी तस्करी रोक्न आयातमा कर बढाइएको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत भएको बजेटमार्फत अर्थमन्त्री खतिवडाले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर थपेका थिए ।
अर्थमन्त्री खतिवडाले पेट्रोलियम पदार्थको सीमावारी र पारीको मूल्यमा अहिले नै २० देखि ३० रुपैयाँ फरक परेको भन्दै नेपालबाट तस्करी भएर तेल भारततर्फ नै बिक्री हुने, भारतका गाडी आएर नेपाली बजारमा तेल भर्ने स्थितिका कारण कर बढाउनुपरेको बताए ।
सञ्चार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भारत र नेपालबीच सेवा र वस्तुको मूल्यमा हुने फरकले सिर्जना गर्ने विकृति रोक्ने प्रयास स्वरुप सुन र पेट्रोलियम पदार्थको आयतमा कर बढाइएको स्पष्ट गरे ।
‘कर बढाउँदा पनि नेपाल आयल निगमको नाफा सहज अवस्थामा हुन्छ,’ उनले भने,‘करका कारण तत्कालै पेट्रोलियम पदार्थको कर पनि बढ्दैन ।’
सरकारले केही महिनाअघि मात्रै तेल आयातमा लाग्ने पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँले बढाएर १० रुपैयाँ पुर्याएको थियो । अर्थमन्त्री खतिवडाले पेट्रोलियम पदार्थमा भएको करवृद्धिले उपभोक्तालाई आर्थिक बोझ नथप्ने दावी गरेका छन् ।
उनले लकडाउनको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुने पनि बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More