खोजखबर
गोरखा, जेठ १५ गते ।
बिहीबार बिहानै ७६ कोरोना संक्रमति थपिएका छन् । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो ।
सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९६२ पुगेको छ । हालसम्म १८३ जना निको भएर डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म ६९९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा रहेर उपचार भइरहेको छ ।
कुल ४६४ जना रेड जोनमा रहेका छन्, भने मृतक सङ्ख्या पाँच पुगेको छ
Share on Your Social Media