2021-02-24Wednesday कोरोना पछिको कृषि : पहाडभन्दा तराईमा मार – Hamro Nepal

कोरोना पछिको कृषि : पहाडभन्दा तराईमा मार


कोरोना भाइरस (कोभिड– १९) ले बिश्वव्यापी सन्त्रास दिइरहेको छ । मानव जीवन एक्कासी भयावह वातावरणमा धकेलिएको छ ।

संक्रमणबाट जोगिन अपनाइएको लकडाउन, सेल्फ आइसोलसन, फोर्स आइसोलेसन आदिबाट विश्वभरकै आर्थिक गतिविधि ठप्प बन्न पुगेको छ । यसबाट दुनियाँको आर्थिक अवस्था तहस नहस भैरहेको छ ।

यो अवस्थाले चरम मन्दी ल्याउने आँकलन भेरहेको बेला कृषिमा आधारित नेपालमा कस्तो प्रभाव पर्ला भन्ने प्रश्न उठेको छ । हाम्रो खाद्य सुरक्षा धरापमा परेको कुरा त खाद्यान्न आयातको आँकडाले नै बताइरहेको छ ।

यो कोभिड–१९ अघिदेखि नै हाम्रो कृषि निर्वाहमुखी छ । कृषिलाई व्यावसायीकरण, आधुनिकीकरण गर्ने नाममा गरिएका सरकारी एवं वैदेशिक सहयोगमा सन्चालित प्रयासहरू कति सार्थक छन् त कति निरर्थक बन्न पुगेका छन् ।

तुलसी गौतम

नेपालको कृषि क्षेत्रमा सबै तहबाट भएका प्रयासले गर्दा करिब एक चौथाइ व्यावसायिक हुन सकेको सरोकारवालाहरु बताउँछन् । उनीहरुको कुरालाई मान्दा पनि तीन चौथाइ हिस्सा परम्परागत नै रहेको देखिन्छ ।

नेपालले पाँच वर्षअघि भूकम्पबाट  सामाजिक–आर्थिक रूपमा  ठूलो क्षति व्यहोर्नु पर्यो । अहिले कोभिड–१९ बाट गुज्रनु परेपछि हाम्रो कृषिको स्वरूप कस्तो हुने हो ? यसमा यथार्थपरक बहस होस् भन्ने हेतुले यो लघु आलेख तयार पारिएको हो ।

कोभिड–१९ पछिको नेपाली कृषिको रुपरेखा विश्लेषण गर्न प्रदेश ५ का कपिलवस्तु र पाल्पालाई उदाहरणको रूपमा लिइएको छ । कोरोनाबाट बढी प्रभावित जिल्लाको रुपमा कपिलवस्तुलाई लिइएको हो ।

पाल्पाको रामपुर नगरपालिका–३, गण्डकी ढीकका विष्णु सुवेदीको भनाइ अनुसार–

कोरोनाले कृषिमा असर खासै पर्दैन । हाम्रोमा लगाइने साबित्री जातको धानको बीउ वडा कार्यालयले सस्तोमा उपलब्ध गराएको छ । हाते ट्याक्टर घरमै छ । घरमा नहुनेले भाडामा पाउँछन् ।

हिँउदे खेती स्याहार्ने र वर्षे धान लगाउने यसै बेला परेकाले सबैका घरका सदस्य लकडाउन शुरू हुनुअघिबाटै गाउँ फर्कन थालेका थिए । मेरा काका–काकी समेत भाइबहिनी समेत लिएर पोखराबाट  आएका छन् । सगोल परिवारमा छ जना थपिएर हामी १२ जना जम्मा भएका छौं ।

संघीय तथा प्रदेश सरकारहरूले समयमै मल–बीउ आपूर्ति गर्ने, बाली भित्राएपछि तिर्ने गरी सुलभ दर र सरल प्रक्रियाको ऋण उपलब्ध हुने व्यवस्था गरिदिने हो यो वर्ष नभए अर्को वर्ष नेपालका साना–ठूला सबै कृषक देशलाई पुग्ने खाद्यान्न उत्पादन गर्न सक्षम हुनेछन्

खेती गर्ने समयमा सबैका परिवार जम्मा हुन्छन् । काम गर्ने मान्छे नपाएर खेती गर्न रोकिँदैन । हामीकहाँ छिमेकीबीच परिमो (कामको पालो) गर्ने चलन पनि छ । समस्या मलखादमा छ ।

मलखाद ल्याउन लकडाउनले गर्दा गाडी चलेको छैन । बोकेरै ल्याउन जाने हो भने मलखाद पाइने ठाउँमा भीडभाड होला । यताको सरदर अवस्था यस्तै छ । खेतीमा कोरोनाको ठूलो असर पर्ने छैन ।

पूर्वी पाल्पाको कालीगण्डकी कोरिडोरमा छ रामपुर फाँट । धान खेतीको लागि अब्बल ठाउँ हो । रामपुर सिँचाइ परियोजनाले यहाँको १२०० हेक्टरमा सुबिधा पुर्याएको छ । यो पाल्पाको सबभन्दा ठूलो सिँचाइ कुलो हो । यी कारणले खेतीपातीमा कोरोनाको कारण खासै असर नपर्ने सुवेदीको अनुमान छ ।

कपिलवस्तुमा पाल्पाको भन्दा ठीक उल्टो अवस्था रहेछ । यशोधरा गाउँपालिका–४, सेमरीका कृषक अब्दुल अजिज मुसलमान यस वर्ष भोकमरी लाग्न सक्ने देख्छन् । उनको भनाइ यस्तो छ–

धानको बीउको जोहो गर्ने बेलामा लकडाउनमा थुनिएर बस्नु परेको छ । गाउँपालिकाले राधा ४, जानकी (मोटाधान)को बीउ दिने त भनेको छ, तर यसको उत्पादन दर हाइब्रीड धानको भन्दा आधा कम छ । धानको हाइब्रीड बिउ त्यही सीमापारि जति पनि पाइन्छ, तर जान पाइँदैन । यतै पाइने बीउ लगाउँदा उब्जनी थोरै हुने पक्का छ ।

यस वर्ष गहुँ पनि असिना र पानीले सखाप पार्यो । खर्च उठ्न त परैजाओस्, बीउसम्म उठ्यो । सारा किसान घरमा बन्द भएर बसेका छौं । न बीउ मिलेको छ, न मलखाद । सरकारले भारतसँग कुरा गरेर वातावरण बनाइदिए बीउ, मलखाद भन्सार तिरेरै ल्याइन्थ्यो ।

फेरि यस ठाउँमा शुरूदेखि नै कोरोना संक्रमित देखिए । अहिले त भारतबाट फर्केर थुप्रिएका छन् । मान्छे छन्, काम छैन । यो वर्ष हाम्रो खेतीपाती नहुने भयो । खेतीपाती नभएपछि भोकमरी नआएर के आउँछ ?

समयमै हाइब्रीड बीउ, मलखाद नपाए धान उत्पादन ७० प्रतिशत घट्ने अब्दुल अजिज मुसलमानको अनुमान छ । यी कुरा बताउँदा उनी सन्त्रासको मनस्थितिमा रहेको सजिलै भेउ पाईन्थ्यो ।

रूपन्देहीको सियारी गाउँपालिका–४, कैथोलियाका मीनप्रसाद गौतमले आफ्नो क्षेत्रमा कोरोनाबाट खासै फरक नपरेको बताए । उनको क्षेत्रमा खेत तयारी गर्ने, बाली काट्ने काम मेसिनबाट गरिन्छ ।

‘कोरोनाले गर्दा धेरै मान्छे बाहिरबाट गाउँ फर्केका छन्’, उनले भने, ‘सिँचाइ सुविधा छँदैछ, बीउ र मलखादको पनि धेरथोर जोहो भएकै छ । धानको उब्जनी सधैं जस्तै हुन्छ ।’

यता पहाडी खण्डमा यतिबेला बारीमा मकै छ । गोडमेल सकियो, उत्पादन लिन भदौ कुर्नुपर्छ । गाउँ फर्किएका मानिसहरुले धानको बीउ राखिसके ।

नेपालमा कोभिड–१९ फैलिरहेको त छ, तर कृषिमा कोरोनाले भन्दा रोगकीराले नोक्सान गर्ने गरेको छ । सञ्चार माध्यमहरुका अनुसार अहिले बागमती प्रदेशका १० जिल्लाका मकैबारीमा फौजी कीराको प्रकोप छ । यी सबै सन्दर्भहरुलाई हेर्दा कोरोना संक्रमणले पहाडको भन्दा तराईको कृषिमा बढी असर पारेको देखिन्छ ।

उता छिमेकी देशको पनि उस्तै हाल छ । उसले खाद्यान्न निर्यातमा कडाइ गर्यो भने हाम्रो खाद्य सुरक्षामा ठूलै चुनौती थपिनसक्छ ।

यो अवस्थामा संघीय तथा प्रदेश सरकारहरूले समयमै मल–बीउ आपूर्ति गर्ने, बाली भित्राएपछि तिर्ने गरी सुलभ दर र सरल प्रक्रियाको ऋण उपलब्ध हुने व्यवस्था गरिदिने हो यो वर्ष नभए अर्को वर्ष नेपालका साना–ठूला सबै कृषक देशलाई पुग्ने खाद्यान्न उत्पादन गर्न सक्षम हुनेछन् ।

सँगसँगै प्रविधि र यान्त्रीकीकरणमा ध्यान दिन आवश्यक छ । हिँजो नेपालमा कृषि नै रोजगारी दिने ठूलो क्षेत्र थियो, आज पनि छ र भोलि पनि रहनेछ । पुर्खाले उत्तम खेती, मध्यम व्यापार त्यसै भनेका होइनन् ।

(गौतम कृषि अर्थशास्त्री हुन् ।)



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>