
कपिलवस्तु र रुपन्देहीमा थपिए १६ जना कोरोना संक्रमित – Online Khabar
१५ जेठ, बुटवल । कपिलवस्तु र रुपन्देहीमा १६ जना कोरोना संक्रमित थपिएका छन् । १६ जना मध्ये १५ जना कपिलवस्तु र एक जना रुपन्देहीका हुन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी पीसीआर परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका १५ जना र रुपन्देहीको सैनामैना नगरपालिकाको क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएकाे हो । संक्रमित सबै जना भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १२४ जना र रुपन्देही जिल्लामा ४४ जना पुगेको छ ।
बाँके जिल्लामा १७० जना, नवलपरासी पश्चिममा ५ जना, बर्दिया जिल्लामा ७ जना, दाङ जिल्लामा २० जना, गुल्मी जिल्लामा ४ जना, रुकुम पूर्वमा ३ जना र अर्घाखाँचीमा २ जना संक्रमित रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनुसार प्रदेश नं ५ मा कोभिड १९ संक्रमित संख्या ३ सय ८० पुगेको छ ।
गुल्मीका सीडीओसहित ४४ जनाको रिपोर्ट नेगेटिभ
कोरोना संक्रमण देखिएका गुल्मीको धुर्कोट गाउँपालिकाका प्रमुखको सम्पर्कमा रहेका गुल्मीका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख सहित ४४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More