2021-02-26Friday आकाश हेरेर कहिलेसम्म धान फलाउने ? – Online Khabar – Hamro Nepal

आकाश हेरेर कहिलेसम्म धान फलाउने ? – Online Khabar


१५ जेठ काठमाडौं । विश्वका ४३ मुलुकले ०६१ सालमा संयुक्त राष्ट्र संघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे । उक्त समूहमा रहेका ४३ मध्येका एक राष्ट्र नेपाल पनि थियो ।

विश्वका झण्डै आधा जनसंख्याको मुख्य आहार मानिने धान उत्पादन प्रोत्साहन गर्न र बढ्दो भोकमरी नियन्त्रणमा सघाउ पुर्‍याउन उक्त कदम चालिएको थियो ।

विसं २०६१ अर्थात सन् २००४ मा संयुक्त राष्ट्र संघले ‘धान नै जीवन हो’ भन्ने नारासहित उक्त घोषणा गरेको थियो । राष्ट्र सङ्घले धान वर्ष घोषणा गरेपछि विसं २०६१ मङ्िसर २९ गते मन्त्रिस्तरीय निर्णय गरी पहिलोपटक विसं २०६२ असार १५ गतेदेखि नेपालमा धान दिवस मनाउन थालियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार धान खेति प्रोत्साहन गर्न दिवस मनाउने विश्वको एउटै मात्र मुलुक नेपाल हो । धान खेतिमा कृषकलाई प्रोत्साहन गर्न सरकारबाटै असर १५ लाई धान दिवसको उल्लासको रुपमा मनाउन सुरु त भयो, तर यसले उल्लेख्य उपलब्धी हासिल गरेन ।

नेपालमा धान खेति र अर्थतन्त्र

नेपालमा मुख्य गरेर दुई सिजनमा धान खेति गरिन्छ । चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने तथा असारदेखि भदौ अन्तिमसम्म रोपेर  मंसिरमा बाली भित्र्याउने । यसका अलवा भदैया, हिउँदे गरेर तराईंमा वर्षै भरी धान खेती गर्न सकिने प्रविधिको विकास भइसकेको कृषि मन्त्रालयको दाबी छ ।

नेपालको आर्थिक बृद्धिदर नै धानको उत्पादनमा निर्भर हुने भएकाले यसको महत्व अत्याधिक छ । धानको उत्पादन बढ्दा कुल ग्राहस्थ उत्पादन पनि बढ्छ भने धानमा समस्या आउँदा त्यसको असर कुल ग्राहस्थ उत्पादनमा देखिन्छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२८ प्रतिशत मात्रै आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । जसमा कृषि क्षेत्रको योगदान २.४८ प्रतिशत रहने  प्रक्षेपण गरिएको छ ।

कोरोनाका कारण अन्य क्षेत्रको योगदान खुम्चिन पुग्दा कृषिको योगदान अझै ठूलो हुन सक्ने र कुल योगदानमा धानको मात्रै योगदान ७ प्रतिशत हाराहारी हुने धान विज्ञ हरिकृष्ण उप्रेतीको अनुमान छ ।

नेपालमा धान उत्पादन

सरकारले हरेक मंसिरमा धानको अनुमानित उत्पादन विवरण सार्वजनिक गर्छ । उक्त विवरणमा दुई आर्थिक वर्ष -धानको एक उत्पादन चक्र) को धान उत्पादन र उत्पादकत्वको जानकारी दिन्छ । नेपालमा मनाङ-मुस्ताङबाहेक अन्य सबै जिल्ल्ाामा धान खेति गरिने कृषि विकास मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष नेपालमा १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेति गरिएको थियो । जसमा ५५ लाख ५० हजार ८ सय ७८ मेटि्रक टन धान उत्पादन भएको थियो ।

यस वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा ५९ हजार मेटिक टन कम रहे पनि प्रतिहेक्टर उत्पादन भने अहिलेसम्मकै धेरै रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष एक हेक्टर जमिनमा तीन हजार ६० किलो धान फलेकोमा यस चालू आवमा एक हेक्टरमा तीन हजार ८ सय ४ किलो धान फलेको थियो ।

चामलको प्रतिव्यक्ति खपत

धानबाट बन्ने चामल नेपालीको प्रमुख खाद्य वस्तु हो । कृषि मन्त्रालयका अनुसार ५५ लाख ५० हजार ८ सय ७८ मेटि्रक टन धान यस वर्ष उत्पादन भएको अनुमान गरिएको छ । नेपालको धान कुट्ने मिलको हालको संरचना र प्रविधिअनुसार धानको रिकभरी – धान कुट्दा बन्ने चामल ) ६५ प्रतिशत भन्दा माथि नभएको धान विज्ञ हरिकृष्ण उप्रेती बताउँछन् । यसको अर्थ उत्पादित धानबाट ३६ लाख ७ हजार हाराहारी मात्रै चामल उत्पादन हुन्छ ।

नेपालीका लागि चामलको औषत उपभोगबारे केन्द्रीय तथ्यंक विभागले गरेको  अध्ययनमा प्रतिव्यक्ति १२२ किलो चामल आवश्यक हुने उप्रेती बताउँछन् । यदि दुबै छाक मानिसले चामलकै भात खान्छ भने यसबारे गएकिो एक अर्को अध्ययनमा प्रतिव्यक्ति चामलको खपत १४६ किलो हुने उनले बताए । करिब तीन करोड जनसंख्यामा ४० लाख युवा विदेशमा भएको अनुमान गरेर दुई करोड ६० लाख मानिसका लागि तीन अर्ब ७८ करोड ६० लाख किलो चामल वाषिर्क रुपमा आवश्यक पर्ने उप्रेतीको अनुमान छ ।

तर, चालु आवकै धानको उत्पादन ५ अर्ब ५५ करोड किलो भन्दा धेरै छ । धानको रिकभरी ६५ प्रतिशत मानेर चामलको उत्पादन हेर्दा ३ अर्ब ६० करोड ७५ लाख किलो चामल उत्पादन हुने देखिन्छ । यसर्थ कुल खपत र उत्पादनमा खासै अन्तर देखिदैंन ।

तर ३१ अर्बको चामल आयात भयो

धानको उत्पादन र परक्यापिटा अधिकतम् खपत हेर्दा नेपालमा चामलको आयात जरुरी देखिँदैन । तर, अघिल्लो आर्थिक वर्षमा मात्रै नेपालमा ३१ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चामल आयात भएको छ । चालु आर्थिक वर्षको नौँ महिनामा भारतबाट मात्रै १५ अर्ब रुपैयाँको चामल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जापान, चीन, अमेरिका, बंगलादेशसहितका मुलुकबाट थप डेढ अर्ब हारहारीको चामल नेपाल आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

नेपालमा चामलको आयात आंकडा शंकास्पद रहेको धानविज्ञ हरीकृष्ण उप्रेती बताउँछन् । कृषि वस्तु आयातमा छुट हुने भन्सार महसुलको फाइदा उठाउन धानको नाममा मूल्याकंन गरिएर अन्य वस्तु भित्रिएको हुनसक्ने उनी बताउँछन् । अर्कोतर्फ नेपालबाट भारत निर्यात हुने धानको अभिलेख नै नभएको उनले बताए ।

धान उत्पादनको समस्या

नेपालले धान उत्पादन गरेर निर्यात गर्न तीन वटा कुरामा जोडदिनु पर्ने विज्ञको मत छ । नेपालको कृषि विकासमा सिँचाई, मल बिउ र कृषि वस्तुको प्रशोधनमा समस्या रहेको उप्रेती बताउँछन् ।

मनसुनमा आधारित खेती प्रणाली, समयमै मल बिउ उपलब्धता र उच्च गुणस्तरको प्रशोधन मिलहरु नेपालमा नहुनु दुखःद भएको उनको भनाइ छ । आकाश हरेर खेती गर्ने प्रणालीले कृषि र कृषकको उन्नति हुँदैन उप्रतीले भने ।

समाधानको उपाय

उच्च गुणस्तरको धान कुट्ने मिल मात्रै हुने हो भने पनि हाल उत्पादीत धानको चामल रिकभरी दर बढ्न सक्ने र भारतीय बजारको मिलमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने धान विज्ञ उप्रेती बताउँछन् ।

हाल कुल धान उत्पादनको ७-१० प्रतिशतको हाराहारीमा रहेको चैते धानको हिस्सा सिंचाइको उचित प्रबन्ध हुने बितिक्कै दोब्बरले बृति हुन सक्ने उनको भनाई छ । ठीक समयमा मल, बिउ, सिँचाइँको सुदृढीकरण र गुणस्तरीय प्रशोधन प्रविधिमा लगानी गर्न उनले सरकारलाई आग्रह गरे । सयममै धानको सर्मथन मूल्य तोक्ने र आफ्नो कृषकको उत्पादन सरकाले नै किन्ने व्यवस्था मिलाउने पर्नेमा उनले जोड दिए ।

नेपालको हालको जनसंख्या र धानको खपत अध्ययन गर्दा आगामी १५ वर्षमा धानको माग सवा दुई गुणा हाराहारीले बढ्ने विभिन्न अध्ययनको निष्कर्ष रहेको उप्रेतीको दाबी छ । सन् २०३६ सम्म पुग्दा नेपालमा धानको उत्पादन स्वदेशको खपत नै १२.८३ मिलियन टन पुग्ने उनले बताए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>