2021-02-28Sunday २५ बर्षको उमेरमा ‘क्राइम पेट्रोल’ अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या – Online Khabar – Hamro Nepal

२५ बर्षको उमेरमा ‘क्राइम पेट्रोल’ अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या – Online Khabar


‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।

उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् ।

२५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्–‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ । ’

गएराती उनका परिवारका सदस्यहरु तास खेलिरहेका थिए । प्रेक्षा भने एक्लै बसिरहेकी थिइन् । बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक संजाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो’ भनेर लेखेकी थिइन् । मंगलबार बिहान पंखामा झुन्डिएको अवस्थामा उनको लास परिवारका सदस्यले देखेका थिए । प्रेक्षा मनोरञ्जनको दुनियाँमा पाइला राख्ने परिवारकै पहिलो सदस्य थिइन् ।

लक डाउनका कारण उनी मुम्बइबाट आफ्नो घर पुगेकी थिइन् । पछिल्लो एक बर्षदेखि काम नपाएका कारण प्रेक्षा डिप्रेशनमा पनि थिइन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>