खोजखबर
गोरखा, जेठ १४ गते ।
नेपाल भारत सिमामा अलपत्र परेका ७९ जना गोरर्खालीहरु आफ्नो घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारी अनुसार विगत केही दिन यता झापा, बाँके, कञ्चपुर, रुपन्देही लगायतका ठाउँमा अलपत्र परेकाहरुलाई यहाँ ल्याइएको हो । ‘सिमा नाकाहरुमा अलपत्र परी संगठित रुपमा खबर गर्नेहरुलाई सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरी गाडी खोजेर वा यहाँबाट पठाएर गोरखा ल्याएका छौं,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘कतिपय आफै व्यवस्था गरेर पनि आउनु भएको छ ।’
भारतबाट आएकाहरुलाई गण्डकी गाउँपालिकाको घ्याल्चोक, गोरखा नगरपालिकाको मझुवा, पालुटार नगरपालिकाको तुरतुरे पुल र आरुघाट गाउँपालिकाको आरुघाट पुलमा चेकजाँचको व्यवस्था मिलाइएको उनले बताए । त्यसपछि सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइएको छ । ‘खान नपाएर सिमामा अलपत्र परेका हाम्रा दाजुभाइ दिदी बहिनीलाई घर नल्याउने कुरा जायज होइन,’ प्रजिअ पौडेलले भने, ‘उहाँहरुलाई सुरक्षित साथ क्वारेन्टिनमा पु¥याइएको छ । सरकारले तोकेको मापदण्ड अनुसार उहाँहरु १४ दिन त्यहाँ बस्नुहुन्छ । त्यसपछि होम क्वारेन्टिनमा बसेपछि मात्र समाजमा घुलमिल हुने हो । त्यसैलै भारतबाट मानिस आए भनेर नआत्तिन म सबैलाई अनुरोध गर्दछु ।’
धार्चे र चुमनुब्री गाउँपालिकामा लैजान समस्या भएको र क्वारेन्टिन पनि व्यवस्थ्ति नभएकाले तत्कालको लागि आरुघाट गाउँपालिकाले निर्माण गरेको सामुहिक क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । बारपाक सुलिकोट, गण्डकी लगायत अन्य स्थानीय तहका गरी सबै भन्दा धेरै २७ जनालाई गोरखा नगरपालिका १४ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योगमा रहेको क्वारेन्टिनमा राखिएको छ । केही दिन भित्र झण्डै ७० जना भन्दा बढि मानिस भारतबाट आउँदै गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत प्रशासयकीय अधिकृत हर्क रोकाले जानकारी दिए । भारतले बुधबार ठूलो संख्यामा नेपालीहरुलाई सिमा नाकामा ल्याएर छोडेकाले उक्त संख्या बढ्न सक्ने प्रशासनको अनुमान छ ।
रोजजारीका शिलशिलमा भारत पुगेर अलपत्र परेका नेपालीहरु आफ्नो घर फर्किएसँगै यहाँ रहेका भारतीयहरु पनि स्वदेश जान थालेका छन् । गोरखामा मजदुरी गरेर बसेका ९७ जना भारतीयहरुलाई स्वदेश पठाइएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए ।
Share on Your Social Media