2021-03-04Thursday नेहा भन्छिन्–‘गलत कुरामा आवाज उठाउन छाड्दिन’ – Online Khabar – Hamro Nepal

नेहा भन्छिन्–‘गलत कुरामा आवाज उठाउन छाड्दिन’ – Online Khabar


नायिका नेहा धुपिया अहिले बलिउड चलचित्रमा खासै सक्रिय छैनन् । तर, टेलिभिजन रियालिटी शोका कारण पनि उनको चर्चा भैरहन्छ ।

वैवाहिक जीवनमा बाँधिएर सन्तानको आमा बनिसकेकी यी सुन्दरीले गलत कुराको विरोधमा आवाज उठाउन नछाड्ने बताएकी छिन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै उनले भनेकी छिन्–‘म गलत कुराको विरोधमा आवाज उठाउन कहिले पनि छाड्दिन । मेरो कुराले केही मानिसलाई ट्रोल बनाउने बिषय मिल्न सक्छ । तर, यसो भन्दै बोल्नै छाड्नु हुँदैन ।’

उनले अगाडि भनिन्–‘यदि, मेरो कुरालाई केही मानिसहरुले सकारात्मक रुपमा लिएका छन् र केही मानिसहरुको समस्या समाधान भएको छ भने म यो कामलाई निरन्तरता दिन पछि हट्ने छैन । मेरो काम मानिसहरुलाई हौसला दिनु हो ।’

केही समय अगाडि मात्र नेहाले एक रियालिटी शोमा दिएको एक अभिव्यक्तिले उनी ट्रोलको शिकार भएकी थिइन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>