2021-02-28Sunday जटही नाकामा १ महिनादेखि रोकिएका १ नेपालीको मृत्यु – Hamro Nepal

जटही नाकामा १ महिनादेखि रोकिएका १ नेपालीको मृत्यु


१४ जेठ, जनकपुरधाम । आफ्नो भूमिमा आउने प्रयास गरेका एक जना नेपालीको मृत्यु भएको छ । झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खान बाध्य भएका धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही बोर्डरमा मंगलबार बिहान मृत्यु भएको छ ।

उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए । यही भिडमा अस्वस्थ भएपछि ३० वर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए । उनको फोन आएलगत्तै उनका भाई धिरेन्द्रसहित परिवारका ४ जना राति नै जटही पुगेका थिए ।

‘राति दुई घण्टा लगाएर एम्बुलेन्स खोज्यौं र एम्बुलेन्स लिएर राति ११ बजे नै जटही पुग्यौं,’ मृतकका भाई धिरेन्द्रले भने, ‘तर रातभरि एम्बुलेन्सलाई दाजु भएतिर छिर्न दिइएन ।’

आफूहरु पैदलै भए पनि दाजुलाई लिन जाने बताए पनि जान नदिइएको उनले बताए । रातभरि सीमा पारी गएर ल्याउने प्रयास गरे पनि जान नदिँदा दाजुको मृत्यु भएको भाइ धिरेन्द्रको भनाइ छ ।

विरेन्द्र रोजगारी गर्न ४ महिनाअघि भारतको गुजरात गएका थिए । तर लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएपछि उनी आफ्नो घर आउन खोजेका थिए । परिवारका सदस्यहरुका अनुसार उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिँडेका थिए । बाटोमा उनले सुख्खा खानेकुरा मात्रै खाएको र कमजोरीले गर्दा बेहोस भएर ज्यान गएको परिवारजनको भनाइ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विरेन्द्रको मृत्यु भएको पुष्टि गरेका छन् । अब उनको शवलाई ल्याएर स्वाब संकलन गरिने र अन्य व्यवस्थापनको बिषयमा छलफल गर्ने उनले बताए ।

उनको मृत्यु भएपछि सीमामा भारततर्फ जम्मा भएकाहरु आक्रोसित हुँँदै नेपालतर्फ ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट ज.१ त १२१३ नम्बरको एम्बुलेन्समा समेत क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले सीमामा जम्मा भएकाहरुलाई ल्याउनका लागि गाडी पठाउने तयारी भइरहेको बताए ।



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>