
ब्राजिलबाट गैरअमेरिकी नागरिकलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णय – Online Khabar
१२ जेठ, काठमाडौं । १४ दिनदेखि ब्राजिलमा रहेका गैरअमेरिकी नागरिकहरुलाई ट्रम्प प्रशासनले अमेरिका फर्किन रोक लगाएको छ । यो निर्णय २८ मेदेखि लागु हुनेछ ।
ट्रम्प प्रशासनको यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकहरुमा भने लागु हुने छैन ।
ह्वाइट हाउसका प्रवक्ताले यो निर्णय गर्नुको उद्देश्य अमेरिकामा बाहिरबाट कोही पनि संक्रमित नआउन् भन्ने रहेको स्पष्ट पारेका छन् ।
यसअघि अमेरिकाले चीन, इरान, युरोपको शेंगन क्षेत्र, ब्रिटेन र आयरल्याण्डमा यात्रामा रहेका गैरअमेरिकी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । क्यानडा र अमेरिकाबीच पहिल्यैदेखि अत्यावश्यक बाहेकको यात्रामा प्रतिबन्ध लगाइएको छ ।
ब्राजिलबाट गैरअमेरिकी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णयले दुई देशबीचको कारोबार भने प्रभावित नहुने बताइएको छ ।
ब्राजिल कोरोना संक्रमणको हटस्पट बनेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ३ लाख ६३ हजारभन्दा बढी छ भने २२ हजार ६ सय ६६ जनाको मृत्यु भइसकेको छ ।
यस्तै अमेरिकामा ९७ हजार ७ सय ११ जनाको कोरोनाबाट मृत्यु भएको छ भने १६ लाख ४३ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More